फेसबुकमा सस्तो मूल्यमा आईफोन बिक्री गर्ने भन्दै लाखौं रुपैयाँ ठगी गर्ने दुई पक्राउ

Technology Khabar ४ माघ २०७७, आईतवार

फेसबुकमा सस्तो मूल्यमा आईफोन बिक्री गर्ने भन्दै लाखौं रुपैयाँ ठगी गर्ने दुई पक्राउ
Classic Tech

प्रहरीले फेसबुकमा विज्ञापन गर्दै सस्तोमा सामान (आईफोन, घडी, मोबाइल लगायत) विक्री गर्ने नाममा ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर ललितपुरले उजुरीका आधारमा ठगीमा संलग्न प्रमोद साहलाई पर्साबाट र उनका सहयोगी मेवालाल साह तेलीलाई काठमाडौबाट पक्राउ गरेको जनाएको हो । पक्राउ पर्ने दुबै पर्सा निवासी हुन् ।

उनीहरुबारे जिल्ला अदालत ललितपुरबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरुले फेसबुकमा विभिन्न इलेक्ट्रोनिक समानहरु कम्प्युटर, मोवाइल, घडी, ल्यापटप क्यामरा लगायतका सामान बजार मूल्यभन्दा सस्तोमा डेलिभरी गराउने भनि फेसबुकमा विज्ञापन राखि विभिन्न व्यक्तिहरुलाई लोभलालचमा पारी रकम डिपोजिट गर्न लगाउने गरेका थिए ।

त्यसरी रकम जम्मा भएपछि सम्पर्कविहिन भई सामान समेत डेलिभरी नगर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

त्यसक्रममा उनीहरुले एक करोड रुपैयाँ ठगेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

उनीहरू उपर जिल्ला अदालत ललितपुरबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

TK Viber

प्रकाशित: ४ माघ २०७७, आईतवार

Loading...