फेसबुकबाट जागिरको प्रलोभन दिएर ठगी गर्ने एक व्यक्ति पक्राउ

Technology Khabar ४ माघ २०७७, आईतवार

फेसबुकबाट जागिरको प्रलोभन दिएर ठगी गर्ने एक व्यक्ति पक्राउ
Classic Tech

नेपाल प्रहरी महानगरीय अपराध महाशाखाले फेसबुकबाट जागिरको प्रलोभन दिएर ठगी गर्ने एकलाई पक्राउ गरेको छ ।

महाशाखाले जिल्ला दोलखा जिरी नगरपालिका वडा नं. ८ घर भई हाल काठमाडौं काडाँघारी बस्ने २८ वर्षिय शिब खड्कालाई पक्राउ गरेको हो ।

उनले सामाजिक संजाल फेसबुकमा ‘जब भ्याकेन्सी’को पेज बनाई बेरोजगार युवाहरुलाई आकर्षित गरी आकर्षक तलब, सुविधा दिने झुठो आश्वासन दिलाई सुरुमा रु.१५००-३५०० सम्म ईसेवा मार्फत डिपोजिट गर्नुपर्छ भनी ४३ जना युवाहरुबाट रकम ठगी गरी फरार रहेका थिए ।

उनलाई पक्राउ गरी आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर ललितपुर पठाईएको महानगरीय अपराध महाशाखाले जनाएको छ।

TK Viber

प्रकाशित: ४ माघ २०७७, आईतवार

Loading...