सामसङ ग्यालेक्सी एस२१ अल्ट्रा भर्सेस आईफोन १२ प्रो म्याक्स, कुन किन्दा उपयुक्त

Technology Khabar ४ माघ २०७७, आईतवार

सामसङ ग्यालेक्सी एस२१ अल्ट्रा भर्सेस आईफोन १२ प्रो म्याक्स, कुन किन्दा उपयुक्त

काठमाडौं ।

स्मार्टफोन प्रयोगकर्ता दुई धुब्रमा विभाजित छन्, एक पक्ष एन्ड्रोइडमा छन भने अर्को पक्ष आईओएसलाई उत्कृष्ट मान्दछन् ।

आईओएसको उच्च मोडलको स्मार्टफोन आईफोन १२ प्रो म्याक्स हो । भने एन्ड्रोइडमा केहि विकल्प बजारमा उपलब्ध छन् । एन्ड्रोइडको उच्च स्मार्टफोन मध्ये एक भर्खर बजारमा सार्वजनिक भएको सामसङ ग्यालेक्सी एस२१ अल्ट्रा हो । यो स्मार्टफोनको आगमनसँग बजारमा ‘आईओएस’ र ‘एन्ड्रोइड’ मध्ये कसको क्षमता उच्च भन्ने प्रयोगकर्ता माझ बहस सुरु भएको छ ।

आईफोन १२ प्रो म्याक्स सन् २०२० अक्टोबर १३ र सामसङ ग्यालेक्सी एस२१ अल्ट्रा सन् २०२१ जनवरी १४ मा सार्वजनिक भएका उच्च वर्गका स्मार्टफोन हुन् ।

दुई फोनमा डुअल सिम राख्न सकिन्छ । सामसङ ग्यालेक्सी एस२१ अल्ट्राको तौल २२७ देखि २२९ ग्राम र आयाम १६५.१ वाई ७५.६ वाई ८.९ एमएम छ । आईफोन १२ प्रो म्याक्सको तौल २२८ ग्राम र आयाम १६०.८ वाई ७८.१ वाई ७.४ एमएम छ ।

सामसङ ग्यालेक्सी एस २१ अल्ट्रामा डाइनामिक एमोलेड २एक्स डिस्प्ले र आईफोन १२ प्रो म्याक्समा सुपर रेटिना एक्सडीआर ओएलइडी डिस्प्ले छ ।

दुवै स्मार्टफोन मल्टिटच हुन् । सामसङ ग्यालेक्सी एस२१ अल्ट्राको डिस्प्ले ६.८ इन्च, १४४ X ३२०० पिक्सेल, रिफ्रेस रेट १२० हर्ज छ । आईफोन १२ प्रो म्याक्सको डिस्प्ले ६.७ इन्च, १२८४ X २७७८ पिक्सेल, रिफ्रेस रेट ६० हर्ज छ ।

सामसङको एस्पेक्ट रेसियो २०ः९ र आईफोनको एसपेक्ट रेसियो १९ः५ः९ छ । सामसङको पिक्सेल पर इन्च ५१५ र आईफोनको पिक्सेल पर इन्च ४५८ छ । स्क्रिन बडी रेसियो सामसङ८९.८ प्रतिशत र आईफोन ८७.४ प्रतिशत छ । सामसङमा सेन्टर नोच होल छ भने आईफोनमा वाइड नोज होल डिजाइन छ । सामसङमा एचडीआर १०प्लस, १५०० निट (पिक) कोर्निङ गोरिल्ला ग्लास भिक्टोस, अल्वेज अन डिस्प्ले छ भने आईफोनमा एचडीआर १०, १२०० निट (पिक) स्क्र्याच रेसिस्टेन्ट सेरामिक ग्लास, लियोफोबिक कोटिङ, डल्बी भिजन, वाइड कलर गमुट, ट्रूट्विन छ।

आईफोनको तुलनामा सामसङमा धेरै र्याम छ । सामसङ १२/१६ जीबी र आईफोन ६ जीबी र्याममा उपलब्ध छ । दुबै स्मार्टफोनमा समान १२८/२५६/२५६ जीबी स्टोरेज छ । स्टोरेज बढाउनका लागि एसडी कार्डको विकल्प दिइएको छैन । सामसङको स्टोरेज यूएफएस ३.१ र आईफोनमा एनभीएमई स्टोरेज छ ।

दुबै फोनमा फाइभजी कनेक्टीभिटी, ब्लुटुथ भी५.२, ए२डीपी, एलई छ । सामसङमा २५ वाट फास्ट चार्जिङ, १० वाट वायरलेस चार्जिङ, ४.५ वाट रिभर्स चार्जिङ र आईफोनमा २० वटा फास्ट चार्जिङ र १५ वाट वायरलेस चार्जिङ छ । सामसङमा टाइप सी ३.२ यूएसबी र आईफोनमा २.० यूएसबी, टाइटनिङ छ । दुबै फोन पानी तथा धुलो प्रुफ हुन् ।

सामसङमा एन्ड्रोइड भी११ (वान यूआई ३.१) र आईफोनमा आईओएस १४.१ जुन १४.२ आईओएससम्म अपग्रेड गर्न सकिने अपरेटिङ सिस्टम छ ।

सामसङको मुख्य क्यामरा १०८ मेगापिक्सेल र सेल्फी क्यामरा ४० मेगापिक्सेलको छ । आईफोनको मुख्य क्यामरा १२ मेगापिक्सेल र सेल्फ क्यामरा १२ मेगापिक्सेलको छ । सामसङमा क्वालकम स्न्यापड्रागन ८८८/एक्सयोनोस २१०० (५एनएम) र आईफोनमा एप्पल ए१४ बायोनिक (५एनएम) चिपसेट छ । सामसङमा २.८४ गीगाहर्ज, अक्टाकोर प्रोसेसर र आईफोनमा २.८ गीगाहर्ज, अक्टाकोर प्रोसेसर सीपीयू छ । दुबै फोनमा नन रिमुभेवल ब्याट्री छ । सामसङमा लिपो ५,००० एमएएच र आईफोनमा लियोन ३,६८७ एमएएचको ब्याट्री छ ।

आईफोन १२ प्रो म्याक्सभन्दा सामसङ ग्यालेक्सी एस२१ अल्ट्रा एक सय अमेरिकी डलर महँगो छ । आईफोन १२ प्रो म्याक्सको सुरुवाती मूल्य १०९९ अमेरिकी डलर र सामसङ ग्यालेक्सी एस२१ अल्ट्राको सुरुवाती मूल्य ११९९ अमेरिकी डलर तोकिएको छ ।

निष्कर्ष

सामसङको राम्रो पक्ष भनेको उत्कृष्ट हार्डवेयर, वायरलेस चार्जिङ, रिर्भस वायरलेस चार्जिङ, ओरजिनल डिजाइन, उत्कृष्ट ब्याट्री हो भने खराब पक्ष भनेको यसको साइज मोटो हुनु र निकै उच्च मूल्य हो ।

आईफोन १२ प्रो म्याक्सको राम्रो पक्ष भनेको उत्कृष्ट चिपसेट, पातलो हुनु र उच्च वाटरप्रुफ रेटिङ हो भने खराब पक्षको रुपमा सानो ब्याट्री र पुरानो डिजाइन रहेको छ ।

easy care

प्रकाशित: ४ माघ २०७७, आईतवार