Technology Khabar ४ माघ २०७७, आईतवार
विलासी सवारी निर्माता मर्सिडीज बेञ्जले आफ्नो इलेक्ट्रिक पोर्टफोलियो विस्तार गर्ने योजना बनाएको छ।
रिर्पोटका अनुसार मर्सिडीजले नयाँ इलेक्ट्रिक सवारीमा काम गरिरहेको छ । जनवरी २० मा नयाँ इलेक्ट्रिक ईक्यूसी मर्सिडीजको टिचर सार्वजनिक गरिने सम्भावना छ । यो नयाँ इलेक्ट्रिक कार मार्चमा यूरोपमा बिक्रीका लागि उपलब्ध हुनेछ ।
ईक्यूसीमा लिथियम आयन ब्याट्रीको साथ दुई इलेक्ट्रिक मोटर छ । वान स्पिड डाइरेक्ट ट्रान्समिसनले कारको चार वटै पांग्रामा पावर पठाउँछ । यो व्याट्रीले ४०२ हर्सपावरमा ७६० एनएम टर्क उत्पादन गर्छ । नयाँ मर्सिडीज ईक्यूसीले ४.८ सेकेन्डमा ९६ किमीको गति लिन सक्छ । फुल चार्जमा करिब ३२० किमी माइलेज दिन्छ ।
ईक्यूसीलाई घरमा चार्ज गर्दा, मर्सिडीजको दाबी अनुसार १० प्रतिशतबाट १० घण्टामा शतप्रतिशत रिचार्ज हुन्छ । डीसी फास्ट चार्जिङबाट १० प्रतिशतबाट ८० प्रतिशत रिचार्ज गर्न ४० मिनेट लाग्छ । ईक्यूसीमा बजारमा उपलब्ध इलेक्ट्रिक कारको तुलनामा प्रिमियम फिचर दिइनेछ ।
क्याबिनमा १०.२५ इन्चको स्क्रिन, एउटा इन्स्टुमेन्ट क्लस्टर र एउटा इनफोटेनमेन्ट स्टिम हुनेछ । इन्फोटेन्मेन्ट स्टिमलाई टचप्याडबाट कन्ट्रोल गर्न सकिन्छ । एजेन्सी
प्रकाशित: ४ माघ २०७७, आईतवार