चीन बाहिर ह्वावेले सबैभन्दा ठूलो फ्ल्यागसिप स्टोर खोल्ने

Technology Khabar ४ माघ २०७७, आईतवार

चीन बाहिर ह्वावेले सबैभन्दा ठूलो फ्ल्यागसिप स्टोर खोल्ने

काठमाडौं ।

ह्वावेले चीन बाहिर सबैभन्दा ठूलो फ्ल्यागसिप स्टोर खोल्ने भएको छ । रिर्पोट अनुसार ह्वावेले साउदी अरबमा फ्ल्यागसिप स्टोर खोल्ने भएको हो ।

साउदी अरब सरकारले आधिकारीक विज्ञप्ति जारी गर्दै ह्वावेको फ्ल्यागसिप स्टोर राजधानी रियादमा खोलिने जानकारी दिएको छ । स्टोर खोल्नका लागि ह्वावेले साउदी अरबको कडेन इन्भेष्टमेन्ट कम्पनीसँग लिज सम्झौता पनि गरेको छ।

साउदी अरबमा डिजिटल उत्पादनको माग बढ्दो छ । यस्तो अवस्थामा ह्वावेले स्टोर मार्फत साउदी अरबका उपभोक्तासँग सिधै सम्पर्क स्थापित गर्ने प्रयासको थालनी गरेको हो।

साउदी अरबमा कहिलेदेखि ह्वावेको स्टोर सञ्चालनमा आउँछ भन्ने आधिकारीक जानकारी भने बारिएको छैन।

सम्भवतः सन् २०२२ भित्रमा ह्वावेको स्टोर साउदी अरबमा सञ्चालनमा आउने छ । साउदी अरबको कुल जनसंख्याको ८२ प्रतिशत भन्दा धेरैमा इन्टरनेटको पहुँच पुगिसकेको छ ।

अमेरिकासँगको विवादको कारण दुई वर्षदेखि ह्वावेले गुगल मोबाइल सर्भिस प्रयोग गरेको छैन । यसका कारण ग्लोबल स्मार्टफोन बजारमा ह्वावेको प्रदर्शनलाई ठूलो प्रभाव पारेको छ । चीनमा भने ह्वावेको बिक्री दर उच्च नै छ । एजेन्सी

Global Bank
easy care

प्रकाशित: ४ माघ २०७७, आईतवार

ताजा समाचार