Technology Khabar ४ माघ २०७७, आईतवार
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका स्टार्टअपहरुको लागि १ हजार करोड भारु लगानी कोषको घोषणा गरेका छन् ।
उनले शनिवार आयोजित ‘प्रारम्भः स्टार्ट अप इन्डिया इन्टरनेशनल समिट’ मा स्टार्टअप सेटअप गर्न र त्यसको वृद्धिका लागि १ हजार करोड भारुको बिउ पूँजी कोषको घोषणा गरेका हुन् ।
भारतीय स्टार्टअपहरुको प्रबद्र्धन र विकास गर्नका लागि आयोजना गरिएको सो कार्यक्रममा बिमस्टेकका सदस्य राष्ट्रहरुबाट सहभागीता थियो ।
सो कार्यक्रममा नेपाली फिनटेक कम्पनी इसेवाका विश्वास ढकालसमेत सहभागी रहेका थिए ।
भर्चुअल माध्यमबाट आयोजित सो कार्यक्रममा उनले आफू २२ वर्षको उमेरदेखि सूचना प्रविधि क्षेत्रलाई आधार बनाएर काम गरिरहेको बताउँदै इसेवाको शुरुवातदेखिको अवस्थालाई सुनाएका थिए ।
‘सो समयमा इन्टरनेट पहुँच निकै कम थियो र हामीले एजेन्टमा आधारित भएर सेवा शुरु गरेका थियौं,’ उनले कार्यक्रममा भने । त्यसैगरि उनले इसेवाको हालको सफलताको बारेमा समेत जानकारी दिएका थिए ।
‘हाल ५० प्रतिशत भन्दा धेरै नेपालीहरुलाई सेवा दिईरहेका छौं भने सूचना प्रविधि क्षेत्रमा सबैभन्दा धेरै कर तिर्ने कम्पनी समेत भएका छौं,’ उनले भने ।
त्यसैगरि डिजिटल नेपालको अभियानमा सहभागी हुँदै डिजिटल विभेदलाई समेत हटाउन कार्य गरिरहेको बताए ।
It was nice to share entrepreneurial journey of me and my team at @f1soft @eSewaNepal @fonepay with honorable @PMOIndia 🙏🏼
I would like to thank @IndiaInNepal and team behind @startupindia for getting me in this beautiful event 🙏🏼
🇮🇳 + 🇳🇵 = Friendship Forever #IndiaNepal pic.twitter.com/CpmciEW24r— VNBiswas (@VnBiswas) January 16, 2021
सोहि कार्यक्रममा भारतीय प्रधानमन्त्रीले १,००० करोड भारुको लगानी कोष घोषणा गर्दै बिमस्टेकका सबैको एकिकृत प्रयास भएमा यूनिकर्न स्टार्टअप बनाउन सकिने बताए । उनले सो एकिकृत प्रयासबाट यस क्षेत्रका ठूलो जनसंख्याले लाभ लिन सक्ने बताए ।
भारतीय वाणिज्य मन्त्रालयको विभाग ‘डिपार्टमेन्ट फर प्रमोशन अफ इन्डष्ट्री एन्ड इन्टरनल ट्रेडद्धारा आयोजित कार्यक्रममा बिमस्टेकमा रहेका देशका प्रतिनिधिहरु आमन्त्रित थिए । बिमस्टेकमा भारतसहित नेपाल, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्याण्ड रहेका छन् ।
प्रकाशित: ४ माघ २०७७, आईतवार