पूर्ण स्वचालित ड्रोनहरु संचालन गर्न रोबोटिक इंकलाई अमेरिकामा अनुमति

Technology Khabar ४ माघ २०७७, आईतवार

पूर्ण स्वचालित ड्रोनहरु संचालन गर्न रोबोटिक इंकलाई अमेरिकामा अनुमति
सांकेतिक

काठमाडौं ।

अमेरिकी संघीय उड्डयन प्रशासनले म्यासाचुसेट्समा आधारित अमेरिकी रोबोटिक इंकलाई स्वचालित ड्रोनहरू संचालन गर्न अनुमति प्रदान गरेको छ।

यस निर्णयमा थोरै एयर ट्राफिक भएको समय र दिनको उज्यालो भिजिबिलिटीका क्षेत्रहरूमा मात्र उडान गर्न सकिने गरि सीमित गर्दछ र ड्रोन ४०० फिट भन्दा माथिको उचाईमा जान नसक्ने गरि मापदण्ड तोकेर रोक लगाएको छ।

एजेन्सीले भनेको छ कि अमेरिकी रोबोटिक्सको अपरेशन्सले प्रयोगमा नरहेका स्थानहरुबाट ‘बियोन्ड भिजुअल लाइन अफ साइट’ अपरेशन्सको मूल्यांकन गर्न यसलाई प्रयोग गर्न महत्वपूर्ण डाटा प्रदान गर्नेछ।

‘यसका साथै यसको सञ्चालनले वातावरणीय प्रभावमा कमी ल्याउने छ, किनभने सामान्यतया ठूलो आकारका मानव विमानको तुलनामा तिनीहरू सानो हुन्छन् र यात्री वा चालक दल बोक्ने क्षमता हुँदैन्,’ एफएएले भने।

‘यसलाई ड्रोन उद्योगमा एक अर्ध कोशेढुँगा भनिने छ,’ अमेरिकी रोबोटिक्सले भने कि यो अनुमोदनले आफ्नो स्काउट प्रणालीलाई पहिलो ड्रोन टेक्नोलोजी भएको बनाउनेछ जुन साइटमा कुनै मानव अपरेटरको लागत बिना निरन्तर संचालन गर्न सक्षम हुन्छ। रोयटर्स

easy care

प्रकाशित: ४ माघ २०७७, आईतवार