भारतमा नयाँ टेलिफोन नम्बरिङ्ग प्राबधान लागू, अब अगाडी शुन्य अंक नथपी सम्पर्क गर्न नसकिने

Technology Khabar ३ माघ २०७७, शनिबार

भारतमा नयाँ टेलिफोन नम्बरिङ्ग प्राबधान लागू, अब अगाडी शुन्य अंक नथपी सम्पर्क गर्न नसकिने

काठमाडौं ।

छिमेकी देश भारतमा जनवरी १५ देखि देशका सबै ल्यान्डलाइन प्रयोगकर्ताहरूले मोबाइल फोनमा कल गर्नु अघि ‘०’ नम्बर राखेर मात्र डायल गर्नुपर्ने नयाँ प्रावधान लागू गरिएको छ।

यससम्बन्धमा टेलिकम विभागले एक निर्देश जारी गरेको छ। गत वर्ष नोभेम्बरमा यसको बारेमा नयाँ नियम बनाइएको थियो जुन शुक्रबारदेखि लागू गरीएको हो। टेलिकम विभागले स्पष्ट गर्यो कि अब ल्याण्डलाइनबाट कुनै मोबाइल नम्बर डायल गर्नु अघि ‘०’ नम्बर राख्नुपर्नेछ।

भारतका सबै ठूला टेलिकम कम्पनीहरूले पनि आफ्ना ग्राहकहरूलाई यस बारे जानकारी दिन शुरू गरिसकेका छन्।

टेलिकम डिपार्टमेन्टले २० नोभेम्बर २०२० मा ल्यान्डलाइनबाट मोबाइल नम्बरमा डायल प्याटर्न सम्बन्धी निर्देशन जारी गरेको थियो। यसमा भनिएको छ कि कदम फिक्स्ड लाइन र मोबाइल प्रयोगकर्ताहरूको लागि पर्याप्त संख्याको स्रोतहरूको लागि लिइएको हो।

यसपछि २० नोभेम्बर २०२० मा दूरसञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक परिपत्र जारी गर्दै भन्यो जनवरी १५ देखि ल्याण्डलाईनबाट मोबाइल नम्बरमा डायल गर्नु अघि ‘०’ राख्नु अनिवार्य हुनेछ। यो परिपत्रमा यो पनि भनिएको थियो कि

यो कार्यद्धारा भारतमा २५३९ मिलियन नम्बरिग श्रृंखला उत्पादन गर्न मद्दत गर्दछ।

भारतीय टेलिकम विभागको निर्देशन अनुसार अब भारतीय टेलिकम अपरेटरहरूले यस बद्लिएको नियमको बारेमा जानकारी दिनुपर्नेछ। यसले भन्यो कि जब कुनै ल्यान्डलाइन ग्राहकले ‘०’ बिना मोबाइल नम्बर डायल गर्दछ, तिनीहरूलाई पनि यसको बारेमा जानकारी दिनुपर्नेछ।

easy care

प्रकाशित: ३ माघ २०७७, शनिबार