तपाईँको इन्टरनेट स्पीड स्लो भयो, यसरी बढाउनुहोस् इन्टरनेटको गति

Technology Khabar ३ माघ २०७७, शनिबार

तपाईँको इन्टरनेट स्पीड स्लो भयो, यसरी बढाउनुहोस् इन्टरनेटको गति
Classic Tech

स्मार्टफोन प्रयोगकर्तामध्ये धेरैले भोग्ने समस्या हो, स्लो इन्टरनेट । स्मार्टफोन प्रयोगगर्दा केहि ट्रक अपनाउन सकिए इन्टरनेटको गति बढाउन सकिनछ ।

उपत्यका र मुख्य सहरी क्षेत्र आसपासमा मोबाइल इन्टरनेटको स्पिड ठिकै भएपनि नेपालको अन्य क्षेत्रमा भने स्लो इन्टरनेट चल्ने गरेको छ । इन्टरनेट स्लो हुँदा डाटा प्रयोग गर्दा ब्यालेन्स सकिन्छ । तर खर्चको उपलब्धी भने हासिल हुँदैन ।

मोबाइलमा इन्टरनेट स्लो भएर समस्यामा पर्नु भएको छ भने मोवाइलको सेटिङमा केहि परिवर्तन गरेर इन्टरनेटको गति बढाउन सकिन्छ ।

मोबाइलमा इन्टरनेट चलाउन विभिन्न ब्राउजरहरु प्रयोग गरिएको हुन्छ । एन्ड्रोइड प्रयोगकताले सबैभन्दा धेरै गुगल क्रोम ब्राउजर प्रयोगर्छन् ।

यसको सेटिङमा गएर केही परिर्वतन गरेपश्चात तपाईको मोबाइलमा आफूले चाहेको पेजहरु सहज तरिकाले खुल्छ । त्यसको लागि क्रोमको क्याचे (cache) फाईललाई सधै हटाउनुपर्छ ।

क्रोमलाई सधै भ्वाइस सर्च मोडमा राख्नुहोस् । त्यसोगर्दा पेजमा फोटो आउँदैन र तपाइले सर्च गर्नुभएको फाइल चाँडो खुल्छ । इन्टरनेट स्पिड बढाउने लोभमा हामी अन्य एप मोबाइलमा डाउनलोड गर्छौ । यस्ता एपले मोबाइलको स्टोरेज प्रयोग गर्नुका साथै र्याम पनि प्रयोग गर्दछ । जसले मोबाइल फोनलाई झनै स्लो बनाई दिन्छ । जसले गर्दा इन्टरनेट झनै स्लो हुन्छ, त्यसैले सम्भव भएसम्म अनावश्यक एप नराख्दा राम्रो हुन्छ ।

फोनको इन्टरनल मेमोरीलाई सकभर खाली राख्नुहोस् । एसोगरिए ब्राउजर सहज र चाँडो खुल्छ । अधिक स्टोरेज चाहिएमा छुट्टै मेमोरी कार्ड प्रयोग गर्नुपर्छ ।

डाउनलोड फोल्डरमा धेरै फाइल नराख्नुहोस् । एकै पटक धेरै फाइल सकभर डाउनलोड नगर्नुहोस् । त्यसले तपाईँको फोनमा इन्टरनेट सहजरुपले चल्न सहयोग गर्छ । मोबाइलमा इन्टरनेट चलाउँदा यी कुरामा ध्यान दिन सकिए इन्टरनेटको स्पिड बढाउन सकिन्छ ।

TK Viber

प्रकाशित: ३ माघ २०७७, शनिबार

Loading...