प्रयोगकर्ताले एपमा १४३ बिलियन अमेरिकी डलर खर्च गरे, टिकटकको प्रयोग ३२५ प्रतिशतले बढ्यो

Technology Khabar ३ माघ २०७७, शनिबार

प्रयोगकर्ताले एपमा १४३ बिलियन अमेरिकी डलर खर्च गरे, टिकटकको प्रयोग ३२५ प्रतिशतले बढ्यो
Classic Tech

कोभिड–१९ को समयमा संसारभर इन्टरनेटको प्रयोग बढेको छ । महामारीका कारण घरमै बस्नु पर्दा समय बिताउन तथा काम गर्ने माध्यम भएको छ, इन्टरनेट । रिर्पोटका अनुसार सन् २०२० मा प्लेस्टोर र एप्पल स्टोरमा गत वर्षको तुलनामा ७ गुणा एप डाउन भएको छ ।

२१ हजार ८०० करोड पटक एप डाउन भएको छ । प्रयोगकर्ताले एपमा २० गुणा खर्च पनि गरेका छन् । रिर्पोटका अनुसार सन् २०२० मा एपमा १४३ बिलियन अमेरिकी डलर खर्च गरिएको छ ।

एप एनीका अनुसार एन्ड्रोइड डिभाइसको एप प्रयोगकर्ताले ३.५ ट्रिलियन मिनेट अर्थात ३.५ करोड मिनेट समय बिताएका छन् । कोरोनाका कारण धेरै समय घरमा बस्नु परेकाले मोबाइलमा एपको प्रयोग बढेको हो ।

स्मार्टफोन मनोरञ्जन र समय बिताउने उत्कृष्ट माध्यमको रुपमा विकसित भइरहेको छ । टेकक्रन्टका अनुसार एपमा सबैभन्दा धेरै चिनियाँले खर्च गरेका छन् । त्यसपछि अमेरिका, जापान, दक्षिण कोरिया र बेलायत रहेको छ ।

सन् २०२० मा एपमा समय बिताउनेका पनि संख्या बढिरहेको छ । भारतीय औसतमा ४.६ घण्टा एपमा समय बिताउने गर्छन । सन् २०१९ मा यो दर ३.३ घण्टा थियो ।

मोबाइल गेममा आकर्षण, टिकटकको ३२५ प्रतिशत वृद्धि

सन् २०२० मा मोबाइल गेम प्रतिको आकर्षण ह्वात्तै बढेको छ । कोभिडका कारण घरमै बस्नु परेकाले धेरै जस्तो युवाको समयम बिताउने माध्यम बनेको छ, अनलाईन गेम । गत वर्ष टिकटकको प्रयोग ३२५ प्रतिशतले बढेको छ ।

TK Viber

प्रकाशित: ३ माघ २०७७, शनिबार

Loading...