एप्पलको अर्को फोन आईफोन १३ नहुने

Technology Khabar ३ माघ २०७७, शनिबार

एप्पलको अर्को फोन आईफोन १३ नहुने
Classic Tech

एप्पलको अर्को फोन आईफोन १३ नहुने भएको छ । एप्पलको नयाँ फोनको नाम आईफोन १३ को सट्टा आईफोन १२ एस हुने भएको छ।

आईफोन १२ सिरिज सार्वजनिक पश्चात धेरैको एप्पलले अर्को पुस्ताको फोनको नाम आईफोन १३ हुने अनुमान गरेका थिए । अनुमान विपरित एप्पलले अर्को फोनको नाम आईफोन १२ एस राखेको छ।

विगतमा आईफोनले एस सिरिजमा धेरै स्मार्टफोन बजारमा ल्याइसकेको छ । आईफोन फोरएस, आईफोन फाइभएस, आईफोन ६एस आईफोनका एस सिरिजका फोन हुन् । ती फोनको क्षमता बेजोड थियो । आईफोन ६एस पछि भने आईफोनले एस सिरिजको फोन बजारमा ल्याएको थिएन।

अब फेरी आईफोन १२ बाट कम्पनीले एस सिरिजलाई पुनरागमन गराउन लागेको हो । आईफोन १२ मा प्रतिस्पर्धी कम्पनीको भन्दा उत्कृष्ट फिचर भएकाले एप्पलले १२ एस ल्याउन लागेको हो।

रिर्पोटकाअनुसार आईफोन १२ एसमा नोच अलि घटाइनेछ । नयाँ फोनमा डी–टफ (डाइरेक्ट टफ) टेक्नोलोजी दिइनेछ । एप्पलका वर्तमान फोनमा रहेको फेस आईडीलाई डी–टफ प्रविधिबाट विस्तापित गरिनेछ।

आईफोन १२ एममा सामसङको एलटीपीओ स्क्रिन प्रयोग गरिनेछ । यो प्रविधिमा उच्च रिफ्रेस रेट हुनुका साथै स्क्रिन सञ्चालन हुँदा कम शक्ति खपत हुन्छ।

TK Viber

प्रकाशित: ३ माघ २०७७, शनिबार

Loading...