पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप खेल्न नेपाली टिम ‘एएसएल’ दुबई पुग्यो

Technology Khabar २ माघ २०७७, शुक्रबार

पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप खेल्न नेपाली टिम ‘एएसएल’ दुबई पुग्यो

काठमाडौं ।

पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप खेल्न एक मात्र नेपाली टीम एबरप्ट स्लेयर्स (एएसएल) दुबई पुगेको छ। शुक्रबार एएसएलका ६ सदस्यिय टोली दुबाई पुगेको हो।

फाइनल सन् २०२१ को जनवरी २१ देखि २४ तारिखमा दुबईमा आयोजना हुनेछ । ग्रुप चरणमा १० औं स्थान ओगट्दै एएसएलले पब्जीको फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।

दक्षिण एसियाबाट पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) मा पहिलो स्थानमा रहदै एएसएल पीएमजीसीको लागि छनौट भएको थियो।

अर्को नेपाली टिम द रियल सोल्जर्स (डीआएस) भने ग्रुप स्टेटबाटै बाहिरिएको थियो । एएसएलले १० औं स्थानमा रहँदै ८ हजार अमेरिकी डलर पनि प्राप्त गरेको छ।

कुल राशी २० लाख अमेरिकी डलरको पुरस्कार रकम टुर्नामेन्टमा रहेको छ। ग्रुप स्टेजमा सहभागी भएका टिमलाई ७ लाख ६९ हजार अमेरिकी डलर वितरण गरिएको थियो।

फाइनलको कुल राशी १२ लाख ३१ हजार अमेरिकी डलर छ।

easy care

प्रकाशित: २ माघ २०७७, शुक्रबार

ताजा समाचार