Technology Khabar २ माघ २०७७, शुक्रबार
सेञ्चुरी कमर्सियल बैंकले एकैदिन दुई वर्षको वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकले पुस २९ गते एकैदिन नवौं तथा दशौं वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सभाले सेयरधनीलाई आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट चुक्ता पुँजीको ८ अर्ब ४१ करोडको ४.७५ प्रतिशत नगद लाभांश (कर सहित) र २ प्रतिशत बोनस सेयर पारित गरेको छ । उक्त बोनस सेयर वितरण पश्चात् चुक्ता पुँजी ८ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ ।
आर्थिक वर्ष २०७६/७७को मुनाफाबाट उक्त पुँजीको ५.२५ प्रतिशत बोनस सेयर र २.२५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
यस साधारण सभाले संस्थापक सेयरधनीहरुबाट प्रतिनिधित्व गर्न तीन जना संचालक रमेश कुमार निरौला, मन बहादुर राई र रण बहादुर श्रेष्ठलाई निर्वाचित गरेको छ ।
प्रकाशित: २ माघ २०७७, शुक्रबार