भिभो एक्स६० प्रो प्लस जनवरी २१ मा सार्वजनिक हुने

Technology Khabar २ माघ २०७७, शुक्रबार

भिभो एक्स६० प्रो प्लस जनवरी २१ मा सार्वजनिक हुने
Classic Tech

भिभो एक्स६० प्रो प्लस जनवरी २१ मा सार्वजनिक हुने भएको छ । भिभोले अघिल्लो महिना एक्स६० र एक्स६० प्रो सार्वजनिक गरेको थियो । तत्कालिन समयमा भिभोले एक्स६० प्रो प्लस बजारमा ल्याउने जानकारी गराएको थियो । भिभोले हालसम्म एक्स६० प्रो प्लसको विवरण सार्वजनिक गरेको छैन ।

रिर्पोटकाअनुसार एक्स६० प्रो प्लसमा ८८८ स्नापड्रागन चिपसेट हुनेछ।

क्वाड क्यामरा, जेटईआईएसएस अप्टिक, मधुरो प्रकाशमा पनि उच्चस्तरिय क्यामरा क्षमता, उच्च गुणस्तरको अडियो हुनेछ । भिभो एक्स६० प्रोप्लस मोडल कोड भी२०५६ए, ३सी सर्टिफिकेट प्राप्त गरेको छ।

एक्स६० प्लस प्रोमा एन्ड्रोइड ११ अपरेटिङ स्टिममा उपलब्ध हुनेछ। यसमा १२ जीबी र्याम र ५५ वार्ट चार्जिङमा फोन पाउन सकिन्छ।

TK Viber

प्रकाशित: २ माघ २०७७, शुक्रबार

Loading...