शाओमीले भन्यो- हामी कुनै कम्युनिस्ट चिनियाँ मिलिटरी कम्पनी होईनौं

Technology Khabar २ माघ २०७७, शुक्रबार

शाओमीले भन्यो- हामी कुनै कम्युनिस्ट चिनियाँ मिलिटरी कम्पनी होईनौं
Classic Tech

चिनियाँ स्मार्टफोन मेकर शाओमीले आफुहरु सँधै कानूनको पालना गर्न र कान”नअनुसार संचालन भईरहेको बताएको छ।

कम्पनीले आफ्नो कम्पनीमा कुनैपनि चिनियाँ मिलिटरीसँग सम्बन्धित नभएको र त्यस्तो लगानी, नियन्त्रण वा सम्बन्ध नभएको भन्दै कम्युनिस्ट चिनियाँ मिलिटरी कम्पनी नभएको भन्दै अमेरिकी आरोप र कालो सूचीको खण्डन गरेको छ ।

शाओमीले विश्वभर आफुले नागरिक तथा व्यवसायीक ग्राहकहरुको लागि सेवा तथा उत्पादनहरु ल्याउने गरेको भन्दै अन्य आरोपहरु झुटो भएको बताएको छ ।

अमेरिकी सरकारले आफ्नो राष्ट्रिय सुरक्षामा जोखिम भएको भन्नु गलत भएको भन्दै कम्पनी र लगानीकर्ताहरुको लागि आवश्यक कदम चाल्ने जनाएको छ ।

यसअघि हिजो मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीनको ठूलो स्मार्टफोन ब्राण्ड शाओमीसहित अन्य चिनियाँ कम्पनीहरुलाई कालोसूचीमा राखेका छन्।

ट्रम्पले शाओमी समेत गरी कूल ९ वटा चिनियाँ कम्पनीलाई ब्ल्याक लिस्टमा राखेका छन् ।

ट्रम्प प्रशासनले शाओमीलाई कम्युनिस्ट चिनियाँ मिलिटरी कम्पनी भएको दाबी गर्दै प्रतिबन्ध लगाउने निर्णय गरेको हो । शाओमी विश्वको तेस्रो ठूलो स्मार्टफोन निर्माता कम्पनी हो ।

यसअघि पनि अमेरिकी सरकारले चीनका विभिन्न टेक्नोलोजी कम्पनीहरुलाई प्रतिबन्ध लगाईसकेको छ ।

शाओमीसँगै प्रतिबन्धमा परेका कम्पनीहरुमा आगामी नोभेम्बर ११ देखि अमेरिकीहरुले लगानी रोक्नुपर्नेछ ।

ब्ल्याक लिस्टमा परेका कम्पनीमा धेरैजसो एभिसन, एरोस्पेस, रशायन, दूरसञ्चार, निर्माण आदि क्षेत्रसँग सम्बन्धित छन् । ट्रम्प प्रशासनको तर्फबाट कालो सूचीमा राखिएका कम्पनीले अमेरिकामा लगानी गर्न पाउने छैनन् ।

तर शाओमीलगायतका अहिलेका कम्पनीहरुले भने अमेरिकी उपकरण र प्रविधिको प्रयोग गर्न सक्नेछन् । किनकी यी कम्पनीहरु यसअघिको प्रतिबन्धित सूचीमा परे जस्तो छैनन् । तर यसमा गरिने अमेरिकी लगानीलाई खतराजनक हुने भनिएको छ।

नेपाली बजारमा शाओमी निकै लोकप्रिय ब्राण्ड हो । कम्पनीले नेपाली बजारमा एमआई रेडमी र पोको ब्राण्डमा स्मार्टफोन ग्याजेट्स र इलेक्ट्रोनिक्स डिभाइसहरु बिक्री गर्दै आएको छ । नेपाली बजारमा स्मार्टफोन बिक्रीको आधारमा कम्पनीले आफू नम्बर १ भएको दाबी गर्दछ ।

यो पनि हेर्नुस्

TK Viber

प्रकाशित: २ माघ २०७७, शुक्रबार

Loading...