एलजीले रोलेबल स्मार्टफोन ल्याउने, मूल्य २,५६० अमेरिकी डलर तोकिने

Technology Khabar २ माघ २०७७, शुक्रबार

एलजीले रोलेबल स्मार्टफोन ल्याउने, मूल्य २,५६० अमेरिकी डलर तोकिने

काठमाडौं ।

एलजीले रोलेबल स्मार्टफोन बजारमा ल्याउने भएको छ । हाल विशेषगरी सामसङ र मोटोरोलाका फोल्डिङ्ग स्मार्टफोन बजारमा उपलब्ध छ । अब एलजी भने एक कदम अगाडी गएर रोलेबल स्मार्टफोन सेगमेन्टमा प्रवेश गर्न लागेको हो ।

रिर्पोटका अनुसार सन् २०२१ को चौथो त्रैमासिकमा एलजीको रोलेबल स्मार्टफोन बजारमा उपलब्ध हुनेछ ।

ओपोले पनि ओपो एक्स २०२१ मा रोलेबल टेक्नोलोजी सोकेस गरेको थियो । ओपोको रोलेबल स्मार्टफोन बजारमा आउने भने केहि समय लाग्ने ओपोले जानकारी दिएको छ ।

एजलीले सीईएस २०२१ मा रोलेबल स्मार्टफोन उत्पादनमा केन्द्रित रहेको जानकारी दिएको हो । रिर्पोटको अनुसार २०२१ सेक्टेम्बरमा एलजीको रोलेबल स्मार्टफोन बजारमा उपलब्ध हुनेछ । रोलेबल एलजी स्मार्टफोनको मूल्य २,५६० अमेरिकी डलर हुने अनुमान छ । एजेन्सी

Global Bank
easy care

प्रकाशित: २ माघ २०७७, शुक्रबार