सोनीले स्पटियल रियालिटी डिस्प्ले ल्याउने, तस्बिर स्टेरियोस्कोपिक तरिकामा प्रस्तुत हुने

Technology Khabar २ माघ २०७७, शुक्रबार

सोनीले स्पटियल रियालिटी डिस्प्ले ल्याउने, तस्बिर स्टेरियोस्कोपिक तरिकामा प्रस्तुत हुने
Classic Tech

क्यामरा टेक्नोलोजीका लागि जापानी टेक्नोलोजी जायन्ट सोनी अब्बल मानिन्छ । सीईएस २०२१ मा सोनीले आफ्नो स्पटिएल रियालिटी डिस्प्ले सोकेस गरेको छ।

सोनीका अनुसार यो युनिक आई सेन्सिङ टेक्नोलोजी हो । उक्त टेक्नोलोजीले थ्रीडी तस्बिरलाई स्टेरियोस्कोपिक तरिकामा प्रस्तुत गर्छ ।

सजिलो र सुविधाजनक रुपमा डिजाइनरले यसको प्रयोगबाट तस्बिर बनाउन सक्छन् । उक्त डिभाइसमा परम्परागत एलसीडी डिस्प्लेछ । एलसीडी डिस्प्ले माथि रहेको अप्टिकल लेन्सले प्रकाश रिफ्रयाक्ट गरी थ्रीडी प्रभाव उत्पादन हुन्छ।

डिस्प्ले त्रिकोणीय आयामीक डिजाइनमा छ । यो किनभने लेन्सको लागि ठाउँ प्रदान गर्न र डिजाइनरको लागि काम सजिलो बनाउन पर्याप्त दूरी चाहिन्छ । यो उपकरण होलो डिजाइनमा छ । यो डिजाइनको बारेमा कम्पनीले बिस्तृत बिबरण दिएको छैन ।

यो उपकरणले मानव अनुहारको त्रि–आयामिक डाटा लिनुका साथै अनुहारको भाव पनि ट्रयाक गर्न सक्छ । क्यामरा मागि राखिएको डिस्प्लेबाट उक्त विवरण प्राप्त हुन्छ । यो फिचरले रियल टाइम मोसन क्याप्चर गर्छ ।

फेसियल एक्सप्रेसनलाई थ्रीडी क्यारेक्टरमा डाल्न सहयोग पुर्याउँछ । यसले एनिमेसन सिर्जना र रियल टाइम निरीक्षण प्रभावलाई सहजिकरण गर्छ । एजेन्सी

TK Viber

प्रकाशित: २ माघ २०७७, शुक्रबार

Loading...