इन्टरनेट तथा स्मार्टफोन सुरक्षित प्रयोग गर्नका लागि यी विषयहरुमा सँधै ध्यान दिनुस्

Technology Khabar २ माघ २०७७, शुक्रबार

इन्टरनेट तथा स्मार्टफोन सुरक्षित प्रयोग गर्नका लागि यी विषयहरुमा सँधै ध्यान दिनुस्
Classic Tech

इन्टरनेट र स्मार्टफोन हाम्रो आवश्यकता भइसकेको छ । इन्टरनेट र स्मार्टफोन बिनाको संसार कल्पना पनि गर्न सकिदैन । इन्टरनेट र स्मार्टफोनले हाम्रो दैनिकी निकै सहज भएको छ । तर यसको प्रयोगले सहजतासँगै चुनौती पनि निम्त्याउने गरेको छ ।

प्रयोगकर्ताले इच्छा शक्ति देखाएको खण्डमा इन्टरनेट तथा स्मार्टफोनको प्रयोगलाई सुरक्षित बनाउन सकिन्छ । तर हामीमध्ये धेरैले आफ्नो इन्टरनेट तथा स्मार्टफोनको सुरक्षामा धेरै ध्यान दिने गरेका छौनौं । समयमै सावधानी अपनाउन सकिएन भने भविष्यमा ठूलो क्षति हुन सक्छ । इन्टरनेट प्रयोग सुरक्षित बनाउका लागि केहि कुरामा ध्यान दिनुपर्ने हुन्छ ।

यसका लागि तलका यी विकल्प प्रयोग गर्न सकिन्छ ।

पासवर्ड– कुनै पनि एकाउन्ट सञ्चानका लागि पासवर्डको आवश्यक पर्छ । सकेसम्म अन्य व्यक्तिले सजिलै पत्ता लगाउन सक्ने पासवर्ड राख्नु हुँदैन । पासवर्डलाई सुरक्षित बनाउन किबोर्डमा रहेको स्पेसल क्यारेक्टर, अंक, क्याप्स र स्मल सबैको प्रयोग गर्ने र आफूलाई मात्र सम्झना हुने पासवर्ड राख्ने । प्रत्यक महिना पासवर्ड परिवर्तन गर्ने बानी बसाल्नु पर्छ ।

एन्टी भाइरस– मोबाइल तथा ल्यापटमा एन्टी भाइर राख्नुपर्छ । समय समयमा एन्टी भाइरसलाई स्क्यान गर्नुपर्छ ।

टु स्टेप अथेन्टिकेशन– जीमेल लगायत केहि अनलाइन तथा मोबाइल बैंकिङले टु स्टेप अथेन्टिकेशन फिचर दिने गरेका छन् । यो फिचरका कारण मोबाइल हराएमा वा चोरी भएमा अरुले अनलग गर्न सक्दैनन् । किन भने यसमा हरेक समय (ओटिपी) वान टाइम पासवर्ड आउँछ । सकभर एपहरु टु स्टेप अथेन्टिकेशन राखेर चलाउनुपर्छ ।

डिभाइस लग– आफ्नो डिभाइसलाई सुरक्षित बनाउनका लागि फिङगर प्रिन्ट वा पिनको मद्दतले लगइन राख्नुपर्छ । जसबाट तपाईको गोपनियता र डिभाइसको सुरक्षा हुनेछ ।

एप्स इन्स्टलेसन– कम्प्यूटर वा मोबाइलमा कुनै पनि एप्स इन्सटोल गर्नुभन्दा अगाडि भेरिफाइड पब्लिसरको हो कि हैन भनेर बुझ्न आवश्यक छ । त्यसबाहेका त्यो एप्सले मोबाइलबाट कस्तो खालको सूचना लिन्छ भनेर पनि हेर्न आवश्यक रहन्छ ।

राउटरको सुरक्षा– यदि तपाईको राउटर सुरक्षित छैन भने ह्याक हुने सम्भावना रहन्छ । राउटर ह्याक भएको खण्डमा राउटरसँग जोडिएको सबै डिभाईसको पासवर्ड सजिलै चोरी हुने सम्भावना रहन्छ । त्यसैले राउटरलाई जतिसक्दो मजबुत बनाउने र पासवर्ड अनावश्यक मानिसलाई पासवर्ड दिनुहुँदैन ।

इमेल, पपअप, अनावश्यक लिङ्क– शंकास्पद मेल नखोल्ने । सिस्टम ह्याकका लागि सबै भन्दा सजिलो तरिका भनेकै लिङ्कमाफ्त सिस्टमलाई कन्ट्रोलमा राख्ने हो । यसबाट बच्नका लागि इन्टरनेट प्रयोग गर्दा आफूलाई आवश्यक पर्ने लिंकमात्रै खोल्ने गनुपर्छ ।

अनलाइन पेमेन्ट –अनलाइनबाट सपिङ, रिचार्ज र पैसा पठाउँदा सावधानी अपनाउनु पर्छ । चाहे इन्टरनेट बैंकिङ होस् वा डेबिट कार्डको प्रयोग गर्दा वेबसाइट सुरक्षित छ कि छैन भन्ने बुझेर मात्र प्रयोग गर्नुपर्छ । प्रयोग गर्ने वेबसाइटमा सेक्युरिटी डिजिटल सर्टिफिकेट र यूआरएल प्याडलक आइकन भएको हुनुपर्छ ।

पब्लिक वाईफाई – कुनै पनि पब्लिक वाईफाईको प्रयोग गरिहाल्नु हुँदैन । यसकोमार्फत ह्याकरले तपाईको मोबाइलमा भएको डाटा सजिलै चोर्न सक्छ । त्यसैले पब्लिक वाईफाई प्रयोग गर्नुपूर्व यो सुरक्षित छ कि छैन भनेर बुझेरमात्र प्रयोग गर्नुपर्छ ।

TK Viber

प्रकाशित: २ माघ २०७७, शुक्रबार

Loading...