सामसङ ग्यालेक्सी एस२१ सिरिज आज सार्वजनिक हुँदै, यस्तो हुनेछ मूल्य र फिचरहरु

Technology Khabar १ माघ २०७७, बिहीबार

सामसङ ग्यालेक्सी एस२१ सिरिज आज सार्वजनिक हुँदै, यस्तो हुनेछ मूल्य र फिचरहरु
Classic Tech
Nepal Telecom

सामसङको बहुप्रतिक्षित सामसङ ग्यालेक्सी एस२१ सिरिज आज (बिहीबार) सार्वजनिक हुनेछ । सामसङको एस२१ सिरिज अन्तर्गत सामसङ ग्यालेक्सी एस२१, एस२१ प्लस र एस२१ अल्ट्र्रा सार्वजनिक हुनेछ।

सामसङ एस२१ सिरिजको प्रतिस्पर्धा आईफोन १२ सिरिजसँग हुनेछ ।

सामसङ एस२१ सिरिज एन्ड्रोइड ११, वान यूआई ३.१ अपरेटिङ सिस्टममा उपलब्ध हुनेछ । अमेरिका, चीन र कोरियामा क्वालकम स्न्यापड्रागन ८८८ चिपसेट र अन्यत्र एक्सनोज २१०० मा उपलब्ध हुनेछ ।

एस२१ सिरिज १२ जीबी र १६ जीबी र्याम र १२८ जीबी, २५६ जीबी, ५१२ जीबी स्टोरेजमा उपलब्ध हुनेछ । १०८ मेगापिक्सेल क्यामरा रहेको छ ।

सामसङ ग्यालेक्सी एस२१ अल्ट्रा एस२१ सिरिजमध्येको सबैभन्दा मोटो हुनेछ । ग्यालेक्सी एस२१ अल्ट्रा सामसङ ग्यालेक्सी नो२० अल्ट्रा र आईफोन १२ प्रोको तुलनामा भने पातलो नै हुनेछ ।

एस२१ प्लसमा ४८०० एमएएच ब्याट्री र एस२१ अल्ट्रामा ५००० एमएएच ब्याट्री हुनेछ ।

एस२१ अल्ट्रामा माइक्रोएसडी कार्ड स्लट हुनेछैन । ग्यालेक्सी एस२० सिरिजमा १ टेराबाइटसम्म माइक्रोएसडी कार्डको क्षमता बढाउन सकिन्थ्यो ।

ग्यालेक्सी एस२१ अल्ट्राको मूल्य १२ सय अमेरिकी डलर हुन सक्ने प्रारम्भिक अनुमान छ ।

ग्यालेक्सी एस२१ सिरिजमा २५ वाट सुपर फास्ट चार्जिङ र १५ वाट वायरलेस चार्जिङ हुनेछ ।

ग्यालेक्सी एस२१ सिरिज नेपाली समयअनुसार राती ८:४५ बजेदेखि कम्पनीको वेबसाइट तथा यूट्यूबमार्फत लाइभ हेर्न सकिनेछ ।

इभेन्टमा कम्पनीले सामसङ बड्स प्रो र सामसङ ट्याग समेत लन्च गर्नसक्ने अनुमान छ ।

यदि तपाईँपनि लाइभ हेर्न चाहनुहुन्छ भने यहाँ हेर्नुहोस् ।

TK Viber

प्रकाशित: १ माघ २०७७, बिहीबार

Loading...