स्मार्टफोनको बिक्री ८.८ प्रतिशतले घट्यो, फाइभजी फोनमा भने आकर्षण बढ्दो

Technology Khabar १ माघ २०७७, बिहीबार

स्मार्टफोनको बिक्री ८.८ प्रतिशतले घट्यो, फाइभजी फोनमा भने आकर्षण बढ्दो
Classic Tech

सन् २०२२० मा स्मार्टफोनको बिक्री घटेको छ । डिजीटाइमस्का अनुसार गत वर्ष स्मार्टफोनको बिक्री ८.८ प्रतिशतले घटेको हो । सन् २०२० मा १.२४ विलियन युनिट स्मार्टफोनको आपूर्ति भएको छ।

समग्र स्मार्टफोनको आपूर्तिमा गिरावट आए पनि फाइभजी स्मार्टफोनमा भने बढोत्तरी देखिएको छ । सन् २०२० मा २८० देखि ३०० मिलियन फाइभजी स्मार्टफोनको आपूर्तिमा भएको छ । सन् २०१९ भने जम्मा २० मिलियन फाइभजी स्मार्टफोन आपूर्तिमा भएको थियो।

सन् २०२० को पहिलो त्रैमासिकमा स्मार्टफोनको आपूर्तिमा २० प्रतिशतले घटेको थियो । दोस्रो त्रैमासिकमा पनि स्मार्टफोनको आपूर्तिमा दोहोरो अंकमै घटेको थियो ।

तर तेस्रो त्रैमासिकदेखि भने विक्रीमा सुधार देखिएको डिजीटाइम्सको रिर्पोटमा उल्लेख छ।

TK Viber

प्रकाशित: १ माघ २०७७, बिहीबार

Loading...