ड्रपबक्सले आफ्ना ३१५ कर्मचारीहरू कटौती गर्ने

Technology Khabar १ माघ २०७७, बिहीबार

ड्रपबक्सले आफ्ना ३१५ कर्मचारीहरू कटौती गर्ने
Classic Tech
Nepal Telecom

ड्रपबक्सले यसको टोली संरचना सुदृढ बनाउन र शीर्ष प्राथमिकताहरूमा फोकस गर्ने प्रयासमा यसको कार्यबलको लगभग ११ प्रतिशत अर्थात ३१५ कर्मचारीहरू कटौती गर्ने भएको छ।

एक नियामक फाइलिंगमा, क्लाउडमा आधारित फाइल साझेदारी कम्पनीले यो पनि खुलासा गर्‍यो कि कम्पनीका सीओओ ओलिभिया नट्ट्बोहमले यहि फेब्रुअरी ५ मा पद छोड्दैछन्।

ड्रपबक्सका मुख्य कार्यकारी अधिकारी ड्र्यू ह्युस्टनले एसईसी फाइलिंगमा समावेश गरिएको कर्मचारी मेमोमा भने कि कम्पनीले मुख्य पहलमा ध्यान केन्द्रित गर्नका लागि कटौती आवश्यक छ, जसमा कोर ड्रपबक्स अनुभव सुधार गर्ने र वितरित टोलीका लागि नयाँ उत्पादनहरूमा लगानी समावेश छ।

‘गत वसन्तमा मैले २०२० सम्ममा तपाईको रोजगार सुरक्षाको प्रतिबद्धता जनाएको थिएँ र मैले त्यो वाचालाई सम्मान गर्नु महत्वपूर्ण छ,’ ह्युस्टनले मेमोमा भने, ‘तर २०२१ र अगाडि हेरेर, यो स्पष्ट छ कि हामीले भविष्यका लागि स्वस्थ र संवृद्धिशील व्यवसाय सिर्जना गर्न परिवर्तनहरू गर्नु आवश्यक छ।’

गएको अक्टुबरमा ड्रपबक्सले घोषणा गर्‍यो कि कोभिड १९ महामारी समाप्त भएपछि पनि यसले कामदारहरूको लागि वर्क फ्रम होमलाई डिफल्ट बनाउनेछ। एजेन्सी

TK Viber

प्रकाशित: १ माघ २०७७, बिहीबार

Loading...