Technology Khabar १ माघ २०७७, बिहीबार
सोनीले आफ्नो पहिलो ड्रोन, एयरपिक अनावरण गरेको छ। यसले फुल फ्रेम सोनी अल्फा मिररलेस क्यामरा बोक्न सक्छ र यसो गर्न सक्ने सबैभन्दा सानो ड्रोन भएको छ।
यो गतिशील चलचित्रण र सटीक, स्थिर उडान गर्नमा सक्षम छ, जबकि यसका विवरणहरू भने सार्वजनिक गरिएका छैनन्।
एयरपिक ड्रोनमा फ्रन्ट फेसिङ्ग क्यामरा र एक डिस्टान्स सेन्सर छ, जुन एआई शक्तिको साथ (संभवतः) लक्षित ट्र्याकिंग र अवरोधबाट बचाउनका लागि प्रयोग हुनेछ।
वास्तवमा सोनीले यसको बिबरणहरू भित्रै राखेको छ र यो नयाँ ड्रोनको दायरा र उडान समयको अझै विवरणहरू छैनन्।
सोनीले हालै एक भिडियो सार्वजनिक गर्दै एयरपिक ड्रोनबाट आफ्नो कन्सेप्ट कार भिजन एसको टेस्ट ड्राइभ गरेको भिडियो खिचिरहेको देखाएको छ ।
कम्पनीले यसलाई यहि वसन्त ऋतुमा सार्वजनिक गर्ने बताएको छ तर यसको मूल्य कति हुन्छ भन्ने जानकारी छैन् । एजेन्सी
प्रकाशित: १ माघ २०७७, बिहीबार