क्यूआरमा आधारित भुक्तानी प्रबर्द्धनको सकारात्मक असर, एकै महिनामा १ अर्ब रुपैयाँको क्यूआर पेमेन्ट

Technology Khabar २९ पुष २०७७, बुधबार

क्यूआरमा आधारित भुक्तानी प्रबर्द्धनको सकारात्मक असर, एकै महिनामा १ अर्ब रुपैयाँको क्यूआर पेमेन्ट
फाइल फोटो ।

काठमाडौं ।

पछिल्लो दिनमा सरकारले क्यूआरमा आधारित भुक्तानी सेवालाई प्रबर्द्धन गरिरहेकोछ । नेपाल राष्ट्र बैंकले समेत क्यूआरमा आधारित भुक्तानीको लागि बैंक तथा वित्तिय संस्थाहरुलाई सहजीकरण गरिरहेको छ भने त्यसको लागि सहज वातावरण बनाउन समेत निर्देशन दिईसकेको छ। जसको सकारात्मक असर तथ्यांकमा पनि देखिएको छ।

राष्ट्र बैंकले जारी गरेको देशको वर्तमान आर्थिक अवस्थाको तथ्यांकअनुसार पछिल्लो महिनामा क्यूआरमा आधारित भुक्तानीमा वृद्धि भएको छ ।

तथ्यांकअनुसार क्यूआर कोड प्रयोग गरेर देशमा १ अर्ब भन्दा बढिको कारोबार भएको छ ।

तथ्यांकअनुसार मध्य डिसेम्बर अर्थात मंसिर महिनामा १ अर्ब २५ करोड ६० लाख रुपैयाँको बारोबार भएको छ । तथ्यांकअनुसार यस्तो कारोबार अघिल्लो महिना अर्थात कात्तिकमा यस्तो कारोबार ९३ करोड ९० लाख रुपैयाँको मात्र कारोबार भएको थियो ।

यसको अर्थ एक महिनामा नै क्यूआरमा आधारित भुक्तानीमा ३१ करोड भन्दा बढि रकम थप कारोबार भएको छ।

मध्य डिसेम्बरमा क्यूआरमा आधारित कारोबार संख्यामा समेत वृद्धि भएको छ ।

सो महिनामा ३ लाख ४३ हजार ५ सय ७४ कारोबार भएको छ । यसअघि अघिल्लो महिनामा यस्तो कारोबार २ लाख ४१ हजार ८१८ वटा क्यूआरमा आधारित भएर भुक्तानी भएको छ।

एक महिनामा नै १ लाख भन्दा धेरै कारोबार क्यूआरमार्फत भुक्तानी हुने संख्यामा वृद्धि भएको देखिन्छ।

Global Bank
easy care

प्रकाशित: २९ पुष २०७७, बुधबार

ताजा समाचार