मेरोशेयर सफ्टवेयर सिस्टममा ट्राफिक चाप कम गर्न आईपीओ शुक्रबार जारी गरिने तयारी

Technology Khabar २८ पुष २०७७, मंगलवार

मेरोशेयर सफ्टवेयर सिस्टममा ट्राफिक चाप कम गर्न आईपीओ शुक्रबार जारी गरिने तयारी
Classic Tech

मेरोशेयर सफ्टवेयर सिस्टममा ट्राफिक चाप कम गर्न आईपीओ शुक्रबार मात्रै जारी गरिने तयारी गरिएको छ ।

पाइलट प्रोजेक्टको रुपमा चन्द्रगिरी हिल्सको आईपीओ शुक्रबारदेखि खुल्ला गरिएको थियो भने, नेपाली सेयर बजारमा हालसम्मको सबैभन्दा ठूलो आईपीओ जारी गर्न लागेको नेपाल इन्फ्रास्टक्चर बैंकको पनि आईपीओ शुक्रबार नै जारी हुनेछ ।

कुनै पनि कम्पनीको आईपीओ जारी गर्दा पहिलो दिन मेरोशेयर सफ्टवेयरमा अधिक भार पर्ने गरेको छ । कारोबार बन्द हुने दिनमा आईपीओ जारी गर्दा मेरोशेयर सफ्टवेयरमा हुने ट्राफिक चाप कम गर्न यो व्यवस्था लागू गर्न लागिएको हो ।

सेयर कारोबार हुने दिनमा दोस्रो बजारका उपभोक्ताले पनि मेरोशेयर को प्रयोग गरिरहेका छन् । हालसम्म यो विषयमा नियामक निकाय धितोपत्र बोर्डबाट आधिकारीक जानकारी भने बाहिरिएको छैन ।

मेरोशेयर सफ्टवेयरको व्यवस्थाप गर्ने सीडीएसलाई नै आईपीओ जारी गर्ने तालिका बनाउन दिने सम्भावना छ ।

TK Viber

प्रकाशित: २८ पुष २०७७, मंगलवार

Loading...