Technology Khabar २८ पुष २०७७, मंगलवार
सन् २०२१ मा २२ करोड १० लाख सेट टिभी ढुवानी गरिने भएको छ । गत वर्षको तुलनामा यो वर्ष टिभी ढुवानी केहि बढि हुने भएको छ । कोभिड–१९ को कारण गत वर्ष टिभीको बिक्री घटेको थियो ।
ट्रेन्डफोर्सको रिर्पोट अनुसार गत वर्षको तुलनामा चालु वर्ष टिभीको ढुवानी २.८ प्रतिशतले बढ्नेछ ।
कोभिड महामारीबाट बिस्तारै विश्व बाहिर निस्किँदैछ । साथै यो वर्ष ठूलो स्पोर्टस इभेन्ट टोकियो ओलम्पिक पनि आयोजना हुँदैछ । टोकियो ओलम्पिक सन् २०२० मै हुनुपर्ने थियो तर कोभिडका कारण हुन सकेन ।
कोभिड–१९ को बढ्दो संक्रमणका कारण सन् २०२० मा टिभीको ढुवानीमा कमी आएको थियो । तर पनि गत वर्षको मध्यदेखि टिभी उद्योग सुधार उन्मुख नै देखिन्छ। सन् २०२० मा २१७ मिलियन टिभी विश्वभर ढुवानी भएको थियो । सन् २०१९ को तुलनामा ०.३ प्रतिशतको गिरावट हो ।
टिभी उत्पादकले गत वर्षको चौथो त्रैमासिकमा उपकरण र चिपसेटको अभावको पनि सामना गर्नुपरेको थियो । सन् २०२१ मा टिभीको बिक्री बढ्ने अनुमान गरिएको छ । त्यसमा पनि ठूलो साइजको टिभीको ब्यापार अझै बढ्ने टिभी उत्पादकको विश्वास छ । एजेन्सी
प्रकाशित: २८ पुष २०७७, मंगलवार