Technology Khabar २८ पुष २०७७, मंगलवार
काठमाडौं ।
छात्राहरुलाई अश्लिल म्यासेज पठाएको आरोपमा रत्नराज्य लक्ष्मी क्याम्पसका प्राध्यापक विष्णु प्रसाद आचार्य पक्राउ परेका छन् ।
क्याम्पसमा अध्ययनरत छात्राहरुलाई अश्लिल म्यासेज पठाएको आरोपमा ४५ वर्षीय प्राध्यापक आचार्यलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ।
प्राध्यापक आचार्यले छात्राहरुलाई विभिन्न सामाजिक सञ्जालमार्फत अश्लिल म्यासेज पठाउँदै आएको आरोप छ।
ललितपुरको भैंसेपाटीमा बस्दै आएका आचार्यलाई रत्नराज्य लक्ष्मी क्याम्पसबाट नै पक्राउ गरिएको एसएसपी सिंह अशोक सिंहले बताए ।
एसएसपी सिंहका अनुसार आचार्यमाथि अभद्र व्यवहारमा मुद्धा चलाई थप अनुसन्धान अगाडि बढाइएको छ ।
प्रकाशित: २८ पुष २०७७, मंगलवार