क्लासिक टेकका ग्राहकहरुलाई रिचार्जमा ‘महा छुट अफर’

Technology Khabar २८ पुष २०७७, मंगलवार

क्लासिक टेकका ग्राहकहरुलाई रिचार्जमा ‘महा छुट अफर’
Classic Tech
Nepal Telecom

नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले सेवाग्राहीका लागि विशेष अफर ल्याएको छ । अफरअन्तरगत हरेक ग्राहकले रु २,८१६ देखि रु ४,१३० क्यास डिस्काउन्ट र २ महिना बोनससम्म पाउने छन्। कम्पनीले यो अफर अनलाईनमार्फत रिचार्ज गर्नेहरुका लागि उपलब्ध गराएको हो ।

कोरोना (कोभिड १९) भाइरसका कारण ग्राहकहरुकै सुरक्षालाई ध्यान दिँदै यस्तो योजना ल्याएको कम्पनीले जनाएको छ । उत्कृष्ट तथा गुणस्तरिय सेवा प्रवाह गरिहेको कम्पनीले अहिले विभिन्न किसिमका रिचार्ज सुविधामा ‘महा छुट अफर’ दिएको छ।

सहज र उत्कृष्ट सेवा प्रवाह गर्दै ग्राहकहरुको मन जित्न सफल कम्पनीले ग्राहकहरुको फाइदा सुविधाका लागि विभिन्न समयमा छुट तथा बोनस अफर ल्याउने गर्दछ । यस्तो उत्कृष्ट प्याकेजमा अफरहरुले ग्राहकहरुलाई थप आर्थिक लाभ मिल्ने कम्पनीको विश्वास छ ।

ग्राहकले एक वर्षको शुल्क एकमुष्ट अनलाईन मार्फत भुक्तानी गर्दा जम्मा रकमको २० प्रतिशत छुट पाउँछन् भने, २ महिनाको प्लस बोनस सेवा उपलब्ध हुनेछ।

त्यस्तैगरी ६ महिनाको रिचार्ज शुल्क भुक्तानी गर्ने ग्राहकले १५ प्रतिशत डिस्काउन्ट पाउनुका साथै १ महिनाको बोनस सेवा प्राप्त गर्नेछन् । यो भनेको ग्राहकले ६ महिनाको शुल्क तिर्दा थप एक महिना सेवा उपलब्ध हुनु हो।

तीन महिनाको प्याकेजमा रिचार्ज गर्दा ग्राहकले १० प्रतिशत डिस्काउन्ट पाउनेछन् । १ महिनाको रिचार्ज गर्दा ५ प्रतिशत क्यास डिस्काउन्ट दिएको छ।

कम्पनीकाअनुसार ग्राहकले जुनसुकै रिचार्ज गर्दा पनिआईपीटिभी एचडि तथा एसडि च्यानल उपलब्ध गराएको छ । ‘ल्यागफ्रि गेमिङ’, ‘भिडिओ स्ट्रिङमिङ’ एकदमै राम्रो उत्कृष्ट रहेको क्लासिक टेकको सेवा देशका प्रमुख शहरहरुमा सजिलै उपलब्ध छ ।

त्यस्तै, ग्राहकहरुले साधरण शुल्कमा आफ्नो राउटर एक्सचेन्ज पनि गर्न सक्नेछन् । कसैलाई सेवा रिफर गर्नुभए कम्पनीले सेवामा थप बोनस उपलब्ध गराएको छ । जहाँ एक वर्षको योजनामा तपाईँले २ महिना निशुल्क बोनस पाउनुहुनेछ भने ६ महिनाको योजनामा १ महिना थप सेवा बोनस हुने कम्पनीले जनाएको छ ।

त्यस्तै, कम्तिमा ३ महिनाको सेवा लिएको भए तपाईले १५ दिनको बोनस पाउने छ । यो विशेष अफरको अधिक लाभ लिन कम्पनीका प्रमुख सेल्स एण्ड मार्केटिंग अफिसर बिनय अधिकारी ग्राहकहरुलाई अनुरोध समेत गरेका छन् ।

TK Viber

प्रकाशित: २८ पुष २०७७, मंगलवार

Loading...