Technology Khabar २८ पुष २०७७, मंगलवार
क्वालकमले फोल्डेबल स्मार्टफोनका लागि उपयुक्त थ्रीडी सोनिक सेन्सर जेनेरेस २ ल्याउने भएको छ । क्वालकमले दोस्रो जेनेरेसनको इन डिस्प्ले फिंगरप्रिन्ट सेन्सर ल्याउने घोषणा गरेको हो ।
कम्पनीले यसको नाम थ्रीडी सोनिक जेनेरेसन २ राखेको छ । अन्य अप्टिकल इन डिस्प्ले फिंगरप्रिन्टको विपरीत यसमा क्वालकम अल्ट्रासोनिक रहन्छ ।
यसले प्रयोगकर्ताको फिंगरप्रिन्ट थ्रीडी फिचर स्क्यान गर्न ध्वनी तरंगको प्रयोग गर्छ ।
प्रथम जेनेरेसनको क्वालकम थ्रीडी सोनिक सेन्सर फिचरको प्रयोग सामसङ ग्यालेक्सी एस१०, नोट१०, एस२० र नोट२० मा गरिएको थियो । यसको प्रदर्शन र उपयोगितामा शंकास्पद थियो । प्रथम जेनेरेसनको अप्टिकल इन डिस्प्ले फिचर चिनियाँ ओईएमएस वानप्लस र ह्वावेको तुलनामा सुस्त हुनुका साथै सटिक पनि थिएन । दोस्रो जेनेरेसनको क्वालकम थ्रीडी सोनिक सेन्सर पूर्ववर्तीभन्दा ५० प्रतिशत तीब्र र ७७ प्रतिशत ठूलो हुने कम्पनीको दाबी छ ।
प्रथम जेनेरेसनको सेन्सर एक्टिभेसन प्वाइन्स एकदमै साना थियो । सेन्सर राखिएको प्वान्टमा आँखा नपुर्याई अनुमानको आधारमा सेन्सरसम्म पुग्नै कठिन हुन्थ्यो । प्रथम जेनेरेसनको सेन्सर ४ वाई ९ एमएम र नयाँ सेन्सर ८ वाई ८ एमएमको हुनेछ । यसले पुरानाको तुलनामा १.७ गुणा बायोमेट्रिक सूचना प्रदान गर्छ ।
प्रकाशित: २८ पुष २०७७, मंगलवार