कम्युटर किबोर्डका महत्वपूर्ण १२ बटन, यस्ता काम गर्न सकिन्छ सजिलै

Technology Khabar २८ पुष २०७७, मंगलवार

कम्युटर किबोर्डका महत्वपूर्ण १२ बटन, यस्ता काम गर्न सकिन्छ सजिलै
Classic Tech
Nepal Telecom

ल्यापटप तथा डेक्सटपको किबोर्डको माथिल्लो भागमा पक्कै पनि हामीले १२ वटा बटन देखेका छौं । ती बटन प्रयोगकर्ताको सुविधाका लागि राखिएको हो । के तपाईलाई ती बटन कसरी प्रयोग गर्ने भन्ने जानकारी छ ?

यदि छैन भने आज हामी तपाईलाई ती बटनको बारेमा जानकारी दिने प्रयास गर्छौ । किबोर्डको माथि शिरानामा रहेका एफ १ देखि एफ १२ सम्मका बटनको फरक फरक काम गर्छन् । ती सबै बटनको आ आफै काम हुन्छन् र तिनले हामीलाई सहज रुपमा आफनो दैनिक काम गर्नमद्दत गरिरहेका हुन्छन् ।

एफ १ः जब हामी कम्प्युटर वा ल्यापटप अन गर्छौ । एफ १ बटनलाई दबाएर सिस्टमको सेटअपमा जान सक्छौ । यहाँ बुट प्रोसेस वा दोस्रो सेटिङ समेत परिवर्तन गर्न सकिन्छ ।

एफ २ः एफ २ बटनको मद्दतबाट तपाईले कुनै पनि फाइलको रिनेम गर्न सक्नुहुन्छ । खास कुरा यो हो कि सबै फाइललाई एकै खालको नाम दिने हो भने सबै सेलेक्ट गरेर त्यसमा दबाएपछि फाइलको नाम परिवर्तन गर्न सकिन्छ । माइक्रोसफ्ट वर्डमा एफ २ बटन प्रेस गर्ना साथ फाइलको प्रिन्ट प्रिभ्यू समेत देख्न सकिन्छ ।

एफ ३ः बिन्डोजमा एफ ३ बटनको प्रयोग गरेर सर्च बक्स खोल्न सकिन्छ । तपाईले कुनै फाइल वा फोल्डर सर्च गर्न सक्नुहुन्छ । एमएस डसमा एफ ३ दबाएपछि एक पटक टाइप गरेको कुरा दोस्रो पटक टाइप हुन जान्छ ।

एफ ४ः माइक्रोसफ्ट वर्डमा एफ ४ बटन दबाएपछि पहिले गरिएको काम पुनः देखाउँछ । जस्तै जुन शब्द पहिले टाइप गरिएको थियो, उही पुनः आउँछ । जुन शब्द बोल्ड गरिएको हुन्छ । पुनः त्यस्तै बोल्ड हुन्छ ।

एफ ५ः एफ ५ बटनले कम्प्युटरलाई रिफ्रेश गराउँछ। यसले फाइललाई अटो अरेन्ज गर्दछ । पावरप्वाइन्टमा यसलाई दबाएपछि भने स्लाइड शो सुरु हुन्छ।

एफ ६ः एफ ६ बटन प्रेस गरेपछि बिन्डोजमा खुलेको फोल्डर्सको कन्टेन्ट देखिन्छ । माइक्रोसफ्ट वर्डमा खुलेका कयौ डकुमेन्ट एक एक गरी हेर्नका लागि कन्ट्रोल, सिफ्ट र एफ ६ बटनको प्रयोग गर्न सकिन्छ ।

एफ ७ः माइक्रोसफ्ट वर्डमा एफ ७ बटन दबाएपछि कुनै पनि शब्द टाइप गर्दा वा त्यसको हिज्जे, वा सही गलत के हो पत्ता लगाउन सकिन्छ ।

एफ ८ः माइक्रोसफ्ट वर्डमा टेक्स्ट सेलेक्ट गर्नका लागि एफ ८ बटनको प्रयोग गरिन्छ ।

एफ ९ः माइक्रोसफ्ट आउटलुकमा एफ ९ बटनको प्रयोग गरे मेल पठाउन वा प्राप्त गर्न सकिन्छ । केही ल्यापटपमा भने स्क्रिनको ब्राइटनेस नियन्त्रण गर्न सकिन्छ । आजभोली यसलाई कम्युटर वा ल्यापटप लक गर्नका लागि समेत प्रयोग गर्न सकिन्छ ।

एफ १०ः कुनै पनि सफ्टवेयरमा काम गरिरहेको भए एफ १० बटन दबाएपछि मेन्यू खुल्न जान्छ । यसको साथ साथै सिफ्टको साथमा एफ १० दबाएपछि माउसको राइट क्लिकको काम समेत गर्न सकिन्छ ।

एफ ११ः इन्टरनेट ब्राउजरको फूल स्क्रिन भ्यूका लागि एफ ११ बटनको प्रयोग गर्न सकिन्छ ।

एफ १२ः माइक्रोसफ्ट वर्डमा एफ १२ को प्रयोग गरेर फ्रेस गर्न वा सेभ एज अप्सन समेत खुल्न जान्छ । सिफ्टका साथमा एफ १२ दबाएपछि माइक्रोसफट फाइल सेभ हुन्छ ।

TK Viber

प्रकाशित: २८ पुष २०७७, मंगलवार

Loading...