मिडियाटेक चिपसेट जनवरी २० मा सार्वजनिक हुने

Technology Khabar २८ पुष २०७७, मंगलवार

मिडियाटेक चिपसेट जनवरी २० मा सार्वजनिक हुने

काठमाडौं ।

मिडियाटेकले जनवरी २० मा नयाँ चिपसेट सार्वजनिक गर्ने भएको छ । पछिल्लो समय मिडियाटेक चिपसेट स्मार्टफोन निर्माताबीच निकै लोकप्रिय छ । उक्त सार्वजनिक कार्यक्रममा उत्कृष्ट टेक्नोलोजीको साथ नयाँ आयाम देख्न सकिनेछ ।

मिडियाटेकको नयाँ चिपसेट कुन प्लेटफर्ममा निर्माण गरिएको भन्ने जानकारी बाहिरिएको छैन । मिडियाटेको चिपसेटको कोड नाम ‘एएलपीएस’ राखिएको छ । यो ६एनएम प्रोसेसमा उत्पादन हुनेछ ।

रिर्पोटका अनुसार मिडियाटेको चिपसेट फ्ल्यागसिप स्मार्टफोनमा प्रयोग गरिनेछ । यस चिपसेट ओभरकल्क्ड ३ गिहाहर्ज कोरटेक्स–ए७८ मुख्य सीपीयू कोर हुनेछ ।

अर्को एक रिर्पोटका अनुसार उक्त चिपसेटले मेल–जी७७ सीपूयू, एलपीडीडीआर५ र्याम र यूएफएस ३.१ स्टोरेज सर्पोट गर्छ । यो चिपसेट फाइभजी फोनमा प्रयोग हुनेछ ।

easy care

प्रकाशित: २८ पुष २०७७, मंगलवार