आईफोन १२ को तुलनामा आउँदो आईफोन १३ अधिक मोटो हुने

Technology Khabar २७ पुष २०७७, सोमबार

आईफोन १२ को तुलनामा आउँदो आईफोन १३ अधिक मोटो हुने

काठमाडौं ।

एप्पल आईफोन १३ आईफोन १२ भन्दा मोटो हुने भएको छ । आईफोन १२ को तुलनामा आईफोन १३ ०.२६ एमएम मोटो हुनेछ।

आईफोन १३ मा नोचको साइज घटाइएकाले यो मोटो हुने भएको हो । आईफोन १३ सिरिजमा फ्ल्याट एजका साथ आईफोन १२ कै चेसिस हुनेछ । क्यामरा बम्प सानो भएकाले आईफोन १३ को लुक्समा केहि परिवर्तन देख्न सकिन्छ । आईफोन १३ को माथिल्लो लेन्समा सापियर ग्लास छ । एप्पलको आईफोन १२ फाइभजी फोन मध्येमा सबैभन्दा धेरै ब्यापार गर्ने फोन हो ।

प्रतिस्पिर्धी कम्पनीको तुलनामा आईफोनको ५जी फोनले बजारमा ढिलो उपस्थिति जनाएको थियो । बजारमा प्रवेश गरेको छोटो समयमै आईफोनका ५जी फोनले बजारमा प्रभूत्व जमाउन सफल भएको हो ।

आईफोन १२ प्रो बिक्रीका हिसाबले दोस्रो स्थानमा छ । आईफोन १२ को बजार हिस्सा १६ प्रतिशत र आईफोन १२ प्रोको बजार हिस्सा ८ प्रतिशत छ । सन् २०२० को अक्टोबरमा बिक्री भएका ५जी फोनको करिब एक चौथाई हिस्सा आईफोनकै छ । एजेन्सी

Global Bank
easy care

प्रकाशित: २७ पुष २०७७, सोमबार

ताजा समाचार