वानप्लसको पहिलो ह्यान्डब्यान्ड सार्वजनिक, १२ वटा एक्सरसाइज मोड उपलब्ध

Technology Khabar २७ पुष २०७७, सोमबार

वानप्लसको पहिलो ह्यान्डब्यान्ड सार्वजनिक, १२ वटा एक्सरसाइज मोड उपलब्ध

वानप्लसको पहिलो ह्यान्ड ब्यान्ड सार्वजनिक भएको छ । स्मार्टफोन निर्माता वानप्लसले बजेटमैत्री स्मार्ट ब्यान्ड बजारमा ल्याएको हो । वानप्लस ब्यान्डमा हर्ट रेट, एसपीओ२ सेन्सर, कलर डिस्प्ले, दिर्घकालिन ब्याट्री र स्पोर्टस मोड लगायत फिचर छन् ।

वानप्लस ब्यान्डमा टच कन्ट्रोलसहितको १.१ इन्चको एमोएलईडी डिस्प्ले दिइएको छ । ब्यान्डमा फिजिकल बटन छैन । स्क्रिनको रिसोलुसन १२६ वाई२९४ पिक्सेल र दर्जनौं कस्टमाइजेसन अप्सन छन् ।

यो ब्यान्ड एकदमै हलुका छ । यसको ट्रयाकरको तौल १०.३ ग्राम र रबर ब्यान्डको तौल १२.३ ग्राम छ । समग्रमा वानप्लस ब्यान्डको तौल जम्मा २२.६ ग्राम छ ।

यो ब्यान्ड तीन कलरमा उपलब्ध छ । ब्ल्याक, नेभी र ट्यागरिङ ग्रे (भित्र ओरेन्ज र बाहिर ग्रे) कलरमा उपलब्ध छ । ब्ल्याक ब्यान्ड बक्स प्याकमा उपलब्ध छ भने बाँकी दुई ब्यान्डको बक्स प्याक छुट्टै किन्नुपर्छ।

स्मार्ट ब्यान्डमा १२ प्रकारका एक्सरसाइज मोड र सुचिकृत नभएका खेल र गतिविधिका लागि निःशुल्क प्रशिक्षण विकल्प छ । यो ५एटीएम र आईपी६८ वाटर रेसिस्टेन्टका लागि प्रमाणित छ । एन्ड्रोइड स्मार्टफोनसँग कनेक्ट गर्न ब्यान्डमा ५.० ब्लुटुथ दिइएको छ । कुनै पनि स्मार्टफोनसँग ब्यान्ड कनेक्ट गर्न सकिन्छ । यी ब्यान्डको मूल्य करिब ३५ अमेरिकी डलर तोकिएको छ।

TK Viber

प्रकाशित: २७ पुष २०७७, सोमबार

Loading...