चिनियाँ इलेक्ट्रिक कार निर्माता निओले प्रिमियम इभी बनाउने

Technology Khabar २७ पुष २०७७, सोमबार

चिनियाँ इलेक्ट्रिक कार निर्माता निओले प्रिमियम इभी बनाउने
NTC_Advt

चिनियाँ इलेक्ट्रिक कार निर्माता निओले प्रिमियम इभी बनाउने भएको छ । निओले विलासी कार निर्माताहरु सँग प्रतिस्पर्धा गर्नेगरी प्रिमियम इभी कार बनाउन लागेको हो ।

‘इभीको टेक्नोलोजी अझै परिस्कृत हुन्छ र ब्याट्रीको लागत घट्ने छ । यो सम्भव छ । हामी पनि विशाल बजारमा प्रवेश गर्न सक्छौं । तर निश्चित रुपमा निओ ब्राण्डको नाममा हैन,’ निओका प्रमुख कार्यकारी विलियम लिले भने ।

तर उनले विस्तृत जानकारी भने दिएनन् । हाल कम्पनी एसयूभी मोडलको निर्माणमा छ । चीनको हेफी प्लान्टमा यसको उत्पादन भइरहेको छ । उक्त एसयूभीको मूल्य ४६ हजार २०० अमेरिकी डलर माथि हुने अनुमान छ ।

चीनमा टेस्ला इंकसँग प्रतिस्पर्धा गर्न निओले शनिबार आफ्नो पहिलो सेडान मोडल सार्वजनिक गरेको छ । यसले पनि विश्व कार बजारमा निओ प्रवेश गर्न लागेको पुष्टि हुन्छ ।

निओले गत वर्ष ४३ हजार ७२८ इभी बिक्री गरेको थियो । कम्पनीको बजार पूँजीकरण ९२ विलियन अमेरिकी डलरभन्दा धेरै छ । रोयटर्स

प्रकाशित: २७ पुष २०७७, सोमबार