भू–सेवा केन्द्रले काम सहज, जग्गा प्रशासनसम्बन्धी आधारभूत सेवा डिजिटल प्रणालीबाटै

Technology Khabar २७ पुष २०७७, सोमबार

भू–सेवा केन्द्रले काम सहज, जग्गा प्रशासनसम्बन्धी आधारभूत सेवा डिजिटल प्रणालीबाटै

काठमाडौं ।

जग्गा रोक्का तथा फुकुवा लगायतका जग्गा प्रशासनसम्बन्धी आधारभूत सेवा सहज रूपले प्रवाह गर्न भू–सेवा केन्द्र स्थापना भएका छन् । मुलुकका २० स्थानमा यी केन्द्र स्थापना गरिसकिएको जनाइएको छ ।

जग्गाका पुराना ढड्डा स्रेस्तालाई अब सेवाग्राहीले स्थानीय तहसँगको सम्पर्कमा रहेर कम्प्युटरबाटै जानकारी लिने र सेवा लिने व्यवस्था गरिएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक शेषनारायण पौडेलका अनुसार जग्गा प्रशासनसम्बन्धी आधारभूत सेवा नागरिकले घरदैलाबाटै लिन सकून् भनेर यो व्यवस्था थालिएको हो । घरजग्गा धितोमा राखेर बैङ्क वा साहु आसामी परेको तथा सहकारी/वित्तीय संस्थाले रोक्का राखेको जग्गा फुकुवा गर्ने र धितोमा राख्दा जग्गा रोक्का राख्ने लगायतका काम अब यही भू–सेवा केन्द्रबाट हुने महानिर्देशक पौडेलले बताए ।

डिजिटल प्रणालीअनुसार प्रदान गरिएको यो सेवा ११६ भूमि सुधार कार्यालयमध्ये १०८ कार्यालयमा सञ्चालन भइरहेको छ भने अब बाँकी १८ कार्यालयमा पनि यो सेवा पुर्याइँदै छ ।

महानगरपालिका, नगरपालिका र गाउँपालिकाबाट सेवाग्राहीले यो सेवा लिने गरी यही आर्थिक वर्षमा सबै स्थानमा यो सेवा पुर्याउने गरी कार्य भइरहेको महानिर्देशक पौडेलले जानकारी दिए ।

यसैगरी नापी कार्यालयले पनि डिजिटल प्रणालीबाट जग्गाको नापजाँच गर्ने व्यवस्थालाई अगाडि ल्याएको छ।

पुरानो प्रणालीको नापजाँच गर्दा त्यतिबेला दक्ष जनशक्ति नभएको र जग्गामा हाल साबिक गर्दा जग्गाको सीमा घटबढ हुने समस्या भई साँधसँधियार छरछिमेकमा जग्गा विवाद हुने गरेकाले अब यो प्रविधिको नाप जाँचबाट यकिन नक्सा आउने नापी विभागले जनाएको छ । आजको गोरखापत्रबाट

Global Bank
easy care

प्रकाशित: २७ पुष २०७७, सोमबार

ताजा समाचार