जब भारतको नेशनल स्टक एक्सचेञ्ज (एनएसई)ले ट्वीट गर्यो अभिनेत्रीको बोल्ड फोटो…

Technology Khabar २६ पुष २०७७, आईतवार

जब भारतको नेशनल स्टक एक्सचेञ्ज (एनएसई)ले ट्वीट गर्यो अभिनेत्रीको बोल्ड फोटो…

काठमाडौं ।

भारतको नेशनल स्टक एक्सेञ्ज (एनएसई)ले शनिबार आफ्नो आधिकारीक ट्विटर एकाउन्टबाट अभिनेत्री मौनी रोयको बोल्ड तस्बिर शेयर गरेको छ । यो ट्वीटले सोसल मिडियामा तहल्का मचाएको छ ।

भारतीय ट्वीटर प्रयोगकर्ताले यस ट्वीटलाई मजाक बनाएका छन् । पछि एनएसईले उक्त तस्बिर ट्विटरबाट हटाइसकेको छ । त्यसपछि एनएसईले ट्वीट गरेर आफ्ना फलोअर्ससँग माफी गरेको छ । यसलाई एनएसईले मानविय त्रुटि भएको बताएको छ । सोसल मिडियामा एनएसईको उक्त ट्वीटको स्क्रिनसट भाइरल भइरहेको छ ।

खासमा के भएको थियो ?

एनएसईको आधिकारीक ट्विटर एकाउन्टबाट शनिबार दिउँसो अभिनेत्रीको सुन्दर तस्बिर ट्वीट भएको थियो । उक्त तस्बिरमा मौनी कालो रंगको ड्रेसमा रहेको देख्न सकिन्छ । एनएसईले आफ्नो गल्ती महसुस गरेर उक्त ट्वीट हटाएको थियो । साथै आफ्नो फलोअर्ससँग माफी पनि मागेको छ ।

प्रयोगकर्ताबीच मजाक

एनएसईको ट्वीटर एकाउन्टमा उक्त ट्वीट देखिने वित्तिकै प्रयोगकर्ताले यसको स्क्रिनसट लिन सुरु गरेका थिए । सुरुमा एनएसईको ट्विटर एकाउन्ट ह्याक भएको अनुमान गरिएको थियो ।

तर एनएसईले गल्ती स्विकार गर्दै ट्वीट गरेसँगै प्रयोगकर्ताले यसको मजाक बनाउन सुरु गरिसकेका थिए । केहि ट्वीटर प्रयोगकर्ताले यसलाई सेक्सी मजाक बताएका छन् । एजेन्सी

easy care

प्रकाशित: २६ पुष २०७७, आईतवार