तपाईँको स्मार्टफोन स्लो भयो, कतै यी गल्तीहरु त गरिराख्नु भएको छैन्

Technology Khabar २६ पुष २०७७, आईतवार

तपाईँको स्मार्टफोन स्लो भयो, कतै यी गल्तीहरु त गरिराख्नु भएको छैन्

काठमाडौं ।

स्मार्टफोनतर्फ प्रयोगकर्ताको आकर्षण बढि रहेको छ । स्मार्टफोनको प्रयोगले मानिसको जीवन सहज भएको छ । धेरै स्मार्टफोन आइओएस र एन्ड्रोइड अपरेटिङ सिस्टमा उपलब्ध छन् । सहज प्रयोग गर्न सकिने भए पनि समयसमयमा स्मार्टफोनले समस्या पनि दिने गरेको छ ।

ह्याङ हुने, समयमै एप नखुल्ने लगायतका समस्या स्मार्टफोनमा देखिने गर्छ । सहि तरिकाले स्मार्टफोनका प्रयोग गर्न नसकिए त्यस्तो समस्या आउँछन् । तपाईको स्मार्टफोन स्लो हुनुका पछाडि रहेका केहि कारण यस्ता छन् ।

धेरै एप खुलै रहनु

हामीमध्ये धेरै प्रयोगकर्ताले एप तथा ब्राउजर खेलेर बन्द गर्दैनौं । त्यो बेलामा एप बन्द नभई मिनिमाइज हुन्छ । यस्तो अवस्थामा उक्त एप मोवाइलको ब्याकग्राउण्डमा भने चलिरहेको हुन्छ। यसरी ब्याकग्राउण्डमा एप चलिरहँदा यसले मोवाइलको र्याम लिइरहेको हुन्छ । इन्टरनेटसँग जोडिंदा ती एपले आफूलाई चाहिने अपडेटहरु पहिला लिन्छन् । त्यसैले कुनै पनि एप चलाएपछि मोबाइलको नेभिगेसन कीबाट उक्त एपलाई बन्द गर्ने बानी बसाल्नु पर्छ ।

क्यासेज बढी हुनु

इन्टरनेट चलाउने प्रयोगकर्तामध्ये धेरैको स्मार्टफोन स्लो हुने गरेको छ । इन्टरनेटमा कुनै पनि पेज हेरेपछि फेरी हेर्न सजिलो होस् भनेर ति पेजका क्यास र टेम्पोररी फाइलहरू मोबाइल भित्र बस्छन् । यसरी लगातार चलाईरहदा त्यसले बढी मेमोरी खान्छ र मोवाइललाई स्लो बनाउँछ । क्यासेस वा टेम्पोररी फाइल हटाउने एपहरु पनि पाइन्छन । आफै सेटिङमा गएर वा ब्राउजरमै गएर पनि हटाउन सकिन्छ ।

थर्ड पार्टीको सफ्टवेयर प्रयोग

एन्डोइड वा आइओएसले आधिकारिक ठानेका एप मात्र इन्टल गर्नु पर्छ । थर्ड पार्टी एप राख्नाले त्यस्ता एपले अरु एपलाई पनि असर गर्ने गर्छ । त्यसैले एन्ड्रोइड प्रयोगकर्ताले गूगल प्ले स्टोर र आईफोनका प्रयोगकर्ताले एप स्टोरबाट मात्र एप इन्स्टल गर्नु पर्दछ।

स्टोरेज कम हुनु

स्मार्टफोनमा दुई किसिमको स्टोरेज प्रयोग भएको हुन्छ । एउटा सेटमै भएको इन्टरनल र अर्को छुट्टै थप्ने एक्सर्टनल । यदी हामीले एक्सर्टनल स्टोरेज (मेमोरी कार्ड) राख्दैनौ भने हामीले खिचेको फोटो, भिडियो, एप्सहरु सबै इन्टरनलमा राख्नुपर्ने हुन्छ । जसको कारण भरिएपछि मोबाइल ह्यांग हुनथाल्छ । त्यसैले सेटको क्षमता अनुसार एक्सर्टनल स्टोरेज राखेर फोटो, भिडियो, एप्स लगायत बढी साइज लिने फाइलहरूलाई त्यसमा राख्ने गर्नु पर्छ ।

आफैं एप इन्टल हुनु

एप डाउनलोड गर्दा कहिले काँही नचाहिने एप पनि सोही एपसँग मिसिएर इन्स्टल हुन सक्छ । कहिलेकाँही वेबसाइट वा एपमा आउने जुन पायो त्यही विज्ञापन थिच्दा पनि यस्तो हुन सक्छ । यसरी आएका एपहरु देखिदैनन् तर यसले मोवाइललाई स्लो बनाउन भुमिका खेलिरहेका हुन्छन् ।

बेलाबेलामा फोनलाई रिस्टार्ट गरौं

हामीले हत्तपत्त मोबाइललाई स्विच अफ गर्दैनौ । लगातार स्विच अफ नभएर लामो समयसम्म काम गरिरहँदा पनि मोबाइल फोन स्लो हुन सक्छ । त्यसैले कमसेकम हप्ताको एक पटक मोबाइल फोन अफ गरेर त्यसको ब्याट्री र मेमोरी कार्डलाई झिकेर फेरी राखेर रिस्टार्ट गर्दा स्लो हुने समस्या केही घट्न सक्छ ।

अनावश्यक एप हटाऔं

हामीमध्ये कतिपयले आवश्वय नभएका एप पनि इन्स्टल गरेर राख्ने गरका हुन्छौं । मोबाइलमा आफूलाई चाहिने एप मात्र डाउनलोड गर्नुपर्छ । यदि मोबाइलमा डाउनलोड भएका एपको उपयोग हुँदैन भने त्यसलाई अनस्टिल गर्नपर्छ । आफुलाई नचाहिने र कमै चलाउने एपले फोनको स्टोरेज र र्याम दुबै ओगटेर बसेको हुन्छ । सकभर समान प्रवृत्तिको एप डाउनलोन नगर्दा नै उत्तम हुन्छ ।

सहि चार्जरको छनोट

मोबाइललाई जुन पायो त्यही चार्जरले चार्ज गर्ने गर्नु हुँदैन । यस्तो कार्यले गर्दा मोवाइलको ब्याट्री क्षमतालाई क्षीण गर्दै लैजान्छ । जसको असर मोबाइलमा पनि पर्छ र मोबाइल फोन स्लो हुन सक्छ । त्यसैले सधै आफ्नो मोबाइल सेटमा आएको कम्पनीकै चार्जरवाट मोबाइल फोन चार्ज गर्नु राम्रो ।

easy care

प्रकाशित: २६ पुष २०७७, आईतवार