एनसेलले ल्यायो विद्यार्थीका लागि अडियो क्लास, ७ रुपैयाँमै तीन दिनसम्म सुन्दै सिक्न सकिने

Technology Khabar २६ पुष २०७७, आईतवार

एनसेलले ल्यायो विद्यार्थीका लागि अडियो क्लास, ७ रुपैयाँमै तीन दिनसम्म सुन्दै सिक्न सकिने
Classic Tech

एनसेलको सिमकार्ड भएका विद्यार्थीले अब आफ्नो आवश्यकता अनुसार विभिन्न विषयहरु कुनै पनि समय जहाँ भएपनि सजिलै अडियोमार्फत अध्ययन गर्न सक्ने भएका छन् ।

यसबाट विद्यार्थीले मोबाइल मार्फत पाठ्यक्रममा आधारित पाठहरु मोबाइलबाटै सुन्दै सिक्न सक्नेछन् ।

इन्टरएक्टिभ भ्वाइस रेस्पोन्स (आइभीआर) मा आधारित यस नविन सेवा कम्पनीले आफ्नो ‘अनपज’ अभियान अन्तर्गत ल्याएको हो । यो अभियानले हालको विषम् परिस्थितीमा भविष्यको पुर्नविचार गर्दै अघि बढ्न अभिप्रेरित गर्ने उदेश्य कम्पनीले लिएको छ ।

पाठ्यक्रममा आधारित शैक्षिक सामग्री मोबाइल नेटवर्क मार्फत फोनकै प्रयोग गरी आइभीआरबाट सिक्न सकिने भएकोले सिकाईको अनुभवलाई परिभाषित गर्ने यो सेवा आफ्ना ग्राहकका लागि ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले जनाएको छ ।

पहिलो चरणमा अडियो क्लास सेवामा कक्षा १ देखि कक्षा ४ सम्मको पाठ्यक्रमहरु उपलब्ध छन् । एनसेलको अनुसार कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई ध्यानमा राख्दै चरणबद्घ रुपमा अरु कक्षाहरुको लागि थप पाठ्यक्रमहरु समावेश गरिनेछ ।

विद्यार्थीले एनसेल नेटवर्क कभरेज भएको कुनै पनि स्थानबाट विभिन्न विषयहरु जस्तै अंग्रेजी, गणित, विज्ञान र सामाजिक शिक्षाका सामाग्री तथा पाठहरुमा सहजै पहुँच प्राप्त गर्न सक्नेछन् । ग्राहकले १७१४४ डायल गरी प्राप्त निर्देशन अनुरुप अडियो क्लास सेवा सुचारु गर्न सक्नेछन् । इच्छुक ग्राहकले अडियो क्लास सेवाका प्याकहरु एसएमएस, युएसएसडी तथा वेब च्यानल मार्फत पनि सुचारु गर्न सक्ने कम्पनीले बताएको छ ।

अडियो क्लासको लागि हाल ३ दिनको र ७ दिनको गरी दुई वटा विकल्पहरु रहेका छन् । ३ दिनको प्याकमा विद्यार्थीले कर सहित मात्र रु ७ मा ५० मिनेटको अडियो क्लासको सेवा लिन सक्छन् । त्यस्तै ग्राहकले ७ दिनको प्याकमा कर सहित मात्र रु १४ मा १०० मिनेटको अडियो क्लासको सेवाबाट फाइदा लिन सक्नेछन् ।

कुनै अडियो प्याक अन्तर्गतको निश्चित मिनेट सकिएमा ग्राहकले ५० मिनेटको थप अडियो क्लासको सेवा मात्र ७ मा फेरी खरिद गर्न सक्छन् । यस सेवा सुचारु गरिएको पहिलो ५ महिना सम्म अडियो क्लासको प्रत्येक नयाँ ग्राहकले एक हप्ताको लागि यो सेवा निःशुल्क प्रयोग गर्न सक्ने बताईएको छ ।

TK Viber

प्रकाशित: २६ पुष २०७७, आईतवार

Loading...