व्यक्तिगत घटनाको अनलाइन अभिलेखीकरण गर्न शुरु

Technology Khabar २५ पुष २०७७, शनिबार

व्यक्तिगत  घटनाको अनलाइन अभिलेखीकरण गर्न शुरु

काठमाडौं ।

पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले व्यक्तिगत घटनाको अनलाइन अभिलेखीकरण गर्ने काम सुरु गरेको छ ।

सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सुदृढीकरण आयोजना अन्तर्गत अनलाइन अभिलेखीकरण गर्न थालिएको हो ।

नगरपालिका हुनुअगाडि कावासोतीमा गाभिएका कावासोती, शिवमन्दिर, पिठौली, कुमारवर्ती र अग्यौली गाविसका अभिलेख ढड्डामा राखिएका पुराना व्यक्तिगत घटनालाई डिजिटल गरिएको कावासोती नगरपालिका प्रमुख चन्दकुमारी पुनले जानकारी दिइन् ।

२०४० सालदेखि ढड्डामा रहेका जन्म, मृत्यु, बसाइँसराइ, विवाह दर्तालगायतका पुराना व्यक्तिगत घटनाका बारेमा जानकारी चाहिएमा अब कावासोती नगरवासीले नागरिकता नम्बर र घटना दर्ताको मिति मिलाएको खण्डमा तुरुन्तै फेलापार्न सकिने पुनले बताईन् ।

अनलाइन अभिलेखीकरणपछि अभिलेख खोज्न छिटो र सजिलो हुँदा समयको बचत हुने र सेवाग्राहीले सहज रूपमा सेवा लिन पाउने कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले बताए। अबको एक महिनाभित्र पुराना सबै घटना अनलाइन अभिलेखीकरण गरिने उनले जानकारी दिए । आजको गोरखापत्रबाट

easy care

प्रकाशित: २५ पुष २०७७, शनिबार

ताजा समाचार