कालिमाटी तरकारी बजारमा क्यूआर कोड मार्फत भुक्तानी गर्ने सेवा सञ्चालनमा

Technology Khabar २४ पुष २०७७, शुक्रबार

कालिमाटी तरकारी बजारमा क्यूआर कोड मार्फत भुक्तानी गर्ने सेवा सञ्चालनमा
फाइल फोटो ।
Classic Tech
Nepal Telecom

प्रभु बैंकले काठमाडौंस्थित कालिमाटी फलफुल तथा तरकारी बजारमा क्यूआर कोड मार्फत भुक्तानी गर्न मिल्ने सेवा सञ्चालनमा ल्याएको छ ।

शुक्रबार कालिमाटी फलफुल तथा तरकारी बजारमा आयोजित एक कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कालिमाटी फलफुल तथा तरकारी बजार समितिलाई क्यूआर कोड हस्तान्तरण गरी सेवा सञ्चालनको उदघाटन गरे।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको बैंकिङ्ग क्षेत्रमा सूचना प्रविधिको उच्चतम प्रयोगबाट समग्र आर्थिक कारोबारमा सरलता र सहजता आएको सन्दर्भ जोड्दै प्रभु बैंक र फोन पेको संयुक्त पहलमा फलफुल तथा तरकारी बजारमा हुने आर्थिक कारोबारको लागि नगदै बोक्नु पर्ने झण्झट हटेको बताए ।

कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बैंकले सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकहरुलाई समय सापेक्ष नविनतम् बैंकिङ्ग सेवा प्रवाह गर्न कटिबद्ध रहेको बताए ।

कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक विनोद भट्टराईले प्रभु बैंकको विश्वसनीय एवं गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरिरहेका कृषक तथा कृषिजन्य उपजहरु खरिद विक्रीमा सहभागी व्यवसायी तथा उपभोक्ताहरुले अब क्यू आर कोड सेवाबाट अझै सहज रुपमा झण्झटमुक्त कारोबार गर्न पाउँदा आफुहरुबीचको कारोबारमा पारदर्शिता र सम्बन्धमा आत्मियता बढेकोमा खुशी व्यक्त गरे।

बैंक र फोन पे बीचको समन्वयनमा सञ्चालित क्यू आर कोड सेवा मार्फत डिजिटल बैंकिङ्ग सेवा उपभोग गरी कालिमाटी फलफुल तथा तरकारी बजारमा आर्थिक कारोबार गर्ने सम्पूर्ण कृषक, कृषिजन्य उपजसँग सम्बन्धित व्यापारी, व्यवसायी, उपभोक्ता तथा ग्राहकहरुले अधिकतम् लाभ लिन सकिने बैंकले जनाएको छ ।

TK Viber

प्रकाशित: २४ पुष २०७७, शुक्रबार

Loading...