Technology Khabar २४ पुष २०७७, शुक्रबार
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले मिति पुस २४ गते आफ्नो दुईवटा मस्कट सार्वजनिक गरेको छ।
बैंकको व्यवसाय प्रबद्र्घन, पहिचान र प्रचार प्रसार गर्नको साथै बजार बिस्तार गर्नको लागि सरल र शताब्दी नामका दुईवटा मस्कट सार्वजनिक गरेको छ।
यस पश्चात सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको बैंकिङ्ग अनुभवलाई अझ सरल र सुरक्षित बनाउन र बैंकले प्रदान गर्ने विभिन्न सेवा र सुविधाहरु र तिनका प्रकृयाका बारेमा सरल र शताब्दीले विभिन्न माध्यमबाट ग्राहकहरुलाई जानकारी गराउने छन् ।
सरल र शताब्दीको माध्यमबाट बैंकको लोकप्रियता अभिवृद्धिमा अझै मद्धत पुग्ने विश्वास लिइएको छ ।
प्रकाशित: २४ पुष २०७७, शुक्रबार