माछापुच्छ्रे बैंक र सिप्रदी ट्रेडिङ्ग बीच सम्झौता

Technology Khabar २४ पुष २०७७, शुक्रबार

माछापुच्छ्रे बैंक र सिप्रदी ट्रेडिङ्ग बीच सम्झौता

काठमाडौं ।

माछापुच्छ्रे बैंक र सिप्रदी ट्रेडिङ्ग प्रा.लि का ग्राहकहरुले टाटा ब्रान्डका कर्मसियल र सेमि कर्मसियल खरिदमा माछापुच्छ्रे बैंकले सहुलियत दरमा कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ।

उक्त सम्झौतापत्रमा र सिप्रदी ट्रेडिङ्ग प्रा.लि को तर्फबाट अध्यक्ष राजन बाबु श्रेष्ठ तथा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरे ।

सम्झौता अनुसार माछापुच्छ्रे बैंकले देशभर रहेका आफ्ना शाखा कार्यालयहरु मार्फत सिप्रदी ट्रेडिङ्ग प्रा.लि का देशभर रहेका डिलरबाट टाटा ब्रान्डका नयाँ कर्मसियल र सेमि कर्मसियल खरिद गर्न चाहने ग्राहकहरुलाई सहज र सरल रुपमा सेवा प्रदान गर्ने जनाएको छ।

easy care

प्रकाशित: २४ पुष २०७७, शुक्रबार