आरटिजिएस प्रणालीमा आठ विकास बैंक र दुई फाइनान्स कम्पनी जोडिए

Technology Khabar २४ पुष २०७७, शुक्रबार

आरटिजिएस प्रणालीमा आठ विकास बैंक र दुई फाइनान्स कम्पनी जोडिए
फाइल
Classic Tech
Nepal Telecom

नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजिएस) प्रणालीमा आठ विकास बैंक र दुई फाइनान्स कम्पनी पनि औपचारिकरुपमा आबद्ध भएका छन् ।

राष्ट्र बैंकका अनुसार यसअघि २७ वाणिज्य बैंकले यस्तो आरटिजिएस सेवा दिँदै आएकोमा पुस २४ गते शुक्रबारबाट आठ विकास बैंक र दुई फाइनान्स कम्पनीले पनि यो सेवा उपलब्ध गराउने भएका छन् । राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले ‘क’ वर्गका बैंकहरुका लागि मात्र लागु हुनेगरी यस्तो प्रणालीको सुरुवात गरेको थियो तर अहिले ‘ख’ र ‘ग’ वर्गका कम्पनीहरु पनि जोडिएका हुन ।

राष्ट्र बैंकका अनुसार ज्योति विकास बैंक, सांग्रिला डेभलपमेण्ट बैंक, महालक्ष्मी विकास बैंक, गरिमा विकास बैंकस, साइन रेसुङ्गा डेभलपमेण्ट बैंक, मुक्तिनाथ विकास बैंक। लुम्बिनी विकास बैंक र कामना सेवा विकास बैंक आवद्ध भका हुन । यसैगरी आइसिएफसि फाइनान्स र मञ्जुश्री फाइनान्सले पनि आरटिजिएस प्रणालीमा आबद्धभई कारोबार सुरु गरेका छन् ।

यो प्रणालीको सुरुवातले ठुला कारोबार सेटलमेन्ट गर्दा ग्राहकले तत्कालै भुक्तानी लिन र दिन सक्ने भएका हुन । यो प्रणालीमा कारोबारीले २ लाखभन्दा माथिको रकमका लागि एकाउन्ट पेयी चेक काट्नुपर्नेछैन । त्यसभन्दा तलको रकमका लागि भने एकाउन्ट पेयी चेक नै जारी गर्नुपर्नेछ ।

त्यस्तै, राष्ट्र बैंकले २० लाखभन्दा माथिका रकमका लागि एकाउन्ट पेयी चेक जारी गर्नै नपाइने व्यवस्थासमेत गरेको छ । यस्तो कारोबार आरटिजिएस प्रणालीमार्फत नै हुनुपर्ने व्यवस्था गरिएको छ ।

यो प्रणालीमा दुई लाख रुपैयाँ देखि २० लाख सम्मको कारोबारका लागि ऐच्छिक गरिएको छ भने त्यस भन्दा माथिको लागि अनिवार्य गरिएको छ ।

नेपाल राष्ट्र बैंकले २०७६ भदौ २५ देखि आरटिजिएस प्रणाली कार्यान्वयनमा ल्याएको थियो। यो प्रणालीमा कारोबार भएको वास्तविक समयमै बैंकहरुबाट तुरुन्तै भुक्तानी पाइनेछ।

TK Viber

प्रकाशित: २४ पुष २०७७, शुक्रबार

Loading...