“डिशहोममा डिलर दाईको डिस्काउन्ट” अफरका बिजेताहरुलाई चेक हस्तान्तरण

Technology Khabar २४ पुष २०७७, शुक्रबार

“डिशहोममा डिलर दाईको डिस्काउन्ट” अफरका बिजेताहरुलाई चेक हस्तान्तरण
Classic Tech

“डिशहोममा डिलर दाईको डिस्काउन्ट” योजना अन्तर्गत लाइभ लककी ड्रका भाग्यशाली विजेता ले रु १ लाख को चेक प्राप्त गरेका छन् ।

धादिङ थाक्रेका स्थानीय मनोज रिजाललाई डिशहोमका जेनरल म्यानेजर रमेश सापकोटाले रु १ लाखको चेक प्रदान गरेका छन् । CAS ID No. 2558254745 रहेको डिशहोमका कस्टमर मनोज रिजाललाई एक बर्षको रिचार्ज गर्ने कोईराला ईलेक्ट्रोनिक्सका डिलरदाईलाई पनि रु १० हजार प्रदान गरिएको कम्पनीले जनाएको छ।

हरेक शुक्रबार बेलुकी ५ बजे प्रत्यक्ष प्रशारणमा गरिने लक्की ड्रमा डिशहोमको कुनैपनि प्याकेजमा बार्षिक रिचार्ज गर्ने र अनलाईन पेमेन्ट गेटवे बाट रु ५ हजार भन्दा माथि रिचार्ज गर्ने ग्राहकहलाई सहभागी गराईन्छ ।

विजेताहरुलाई डिशहोमले पुरस्कार राशी घरमै गएर प्रदान गर्दै आईरहेको छ ।

TK Viber

प्रकाशित: २४ पुष २०७७, शुक्रबार

Loading...