Technology Khabar २४ पुष २०७७, शुक्रबार
भारतीय ‘प्योर ईभी’ ब्रान्डको नेपाली बितरक ह्वाइट लोटस मोटर्सले स्कुटरमा अफर सार्वजनिक गरेको छ ।
मोटर्सले अंग्रेजी नयाँ वर्षको अवसरमा दुई स्कुटर इप्लुटो सेभेनजी र इट्रान्स एनईओ खरिदमा नगद १५ हजार रुपैयाँ तथा १० हजार रुपैयाँ बराबरको एसोसरिज गरी २५ हजार रुपैयाँको अफर दिने भएको हो ।
यसमा १५ हजार रुपैयाँसम्म छुट र १० हजार मूल्यबराबरको एसेसरिज समावेश गरिएको माटर्सले जनाएको छ ।
नेपाली बजारमा इप्लुटो सेभेनजीको मूल्य २ लाख ४९ हजार रुपैयाँ र इट्रान्स एनईओको मूल्य २ लाख २९ हजार रुपैयाँ तोकिएकोे छ ।
यो अफर दुवै मोडेलमा लागू हुने कम्पनीले जनाएको छ ।
दुवै स्कुटरमा २२ सय वाटको मोटर, चार घण्टामा चार्ज गर्न सकिने ६०भी ४०एएच लिथियम आयन ब्याट्री छ । ११६ किमी माइलेज दिने स्कुटरको अधिकतम गति प्रतिघण्टा ६० किमी छ ।
साधारण मान्छेले यी स्कुटी प्रयोग गर्दा ५० हजार वार्षिक खर्च बचत हुने कम्पनीको दाबी छ ।
प्रकाशित: २४ पुष २०७७, शुक्रबार