टेस्लाका सीईओ मस्क संसारकै धनी, कोराना कहरबीच सम्पत्ति ७ गुणाले बढ्यो

Technology Khabar २४ पुष २०७७, शुक्रबार

टेस्लाका सीईओ मस्क संसारकै धनी, कोराना कहरबीच सम्पत्ति ७ गुणाले बढ्यो

काठमाडौं ।

इलेक्ट्रिक कार बनाउने कम्पनी टेस्लाका सीईओ एलन मस्क संसारको सबैभन्दा धनी व्यक्ति भएका छन् । मस्कले अमेजनका सीईओ जेफ बेजोफलाई पछि पार्दै एक नम्बरमा पुग्न सफल भएका हुन् । जनवरी ७ मा मस्को कुल सम्पत्ती १८५ विलियन अमेरिकी डलर पुगेको छ ।

सन् २०२० को सुरुवातमा उनको सम्पत्ती २७ विलियन थियो । एक वर्षभन्दा कम अवधिमा उनको सम्पत्ती ६.८५ गुणाले बढेको छ । टेस्लाको पूँजीकरण ७३७.६ विलियन अमेरिकी डलर पुगेको छ ।

जनवरी ७ मा टेस्लाको सेयर मूल्यमा आएको उच्च छलाङले उनी धनी बन्न सफल भएका हुन । जनवरी सातमा टेस्लाको प्रति कित्ता सेयर मूल्य ७९० अमेरिकी डलर पुगेको छ । जनवरी ६ को तुलनामा ४ प्रतिशतले सेयर मूल्य बढेको हो ।

दोस्रो स्थानमा रहेका अमेजनका सीईओ जेफ बेजोफको सम्पत्ती १८४ अमेरिकी डलर छ । सन् २०२० को सुरुवातमा उनको सम्पत्ती २७ विलियन अमेरिकी डलर थियो । विश्वको ५०औं धनी व्यक्तिका रुपमा थिए ।

सन् २०२० मा टेस्लाले ४ लाख ९९ हजार ५५० वटा इभी डेलिभरी गरेको थियो । गत वर्ष टेस्लाले ५ लाख इभी बिक्री गर्ने लक्ष्य राखेको थियो ।

मस्कले रकेट कम्पनी स्पेसएक्स पनि संचालन गरिरहेका छन जसले चन्द्रमामा पर्यटक लाने उद्धेश्य बोकेको छ भने उनले स्याटेलाइटमार्फत तिब्रगतिको ब्रोडब्याण्ड इन्टरनेट समेत प्रदान गर्नेगरि स्टारलिंकमा काम गरिरहेका छन् ।

easy care

प्रकाशित: २४ पुष २०७७, शुक्रबार