Technology Khabar २४ पुष २०७७, शुक्रबार
फोनमा कुराकानीको दौरान ब्यालेन्स सकियो । चिन्ता लिनु पर्दैन । मोबाइल रिर्जाज तथा टपअप नगरिनै पुन फोनमा कुराकानी तथा इन्टरनेट चलाउन सकिन्छ ।
यसका लागि नेपालमा सेवा प्रदान गरिरहेका तीन वटै दूरसञ्चार कम्पनीको सापटी योजना छ । सापटी योजना नेपाल टेलिकम, एनसेल र स्मार्ट तीन वटै कम्पनीले उपलब्ध गराउँदै आएको छ ।
दूरसञ्चार सेवा प्रदायकले ग्राहकसँग ‘मेन ब्यालेन्स’ नभएको समयमा पनि सेवा प्रदान गर्न सकुन् भनेर सापटी सेवा ल्याएका हुन् । मोबाइलमा मेन ब्यालेन्स सकिएको अवस्थामा सेवा प्रयोग गर्न पाउनु ग्राहकका लागि फाइदाजनक नै हो ।
नेपालमा पहिलो पटक निजी क्षेत्रको एनसेलले सापटी योजना ल्याएको हो । त्यस पछि नेपाल टेलिकम र स्मार्टले त्यसैको सिको गरेका हुन् ।
सेवा प्रदायकले विभिन्न नाममा यो सेवा सञ्चालन गरिरहेका छन् । एनसेलको ‘एनसेल सापटी’, नेपाल टेलिकमको ‘नमस्ते क्रेडिट’ र स्मार्टको ‘स्मार्ट इजी लोन’ नाममा सेवा सञ्चालनमा छ ।
एनसेलको सापटी
एनसेलले सुरुवाती समयमा २० रुपैयाँदेखि सुरु गरेको सापटी योजना हाल ४० रुपैयाँसम्म पुर्याएको छ । एनटीसीले ग्राहकले फोनमा खर्च गर्ने पैसाको आधारमा ५ रुपैयाँदेखि २० रुपैयाँसम्मको सापटी दिने व्यवस्था मिलाएको छ ।
एनसेलको सेवामा सहभागी हुन स्टार९९८८ह्यास (*9988#) टाइपगरी सेवा सुचारु गर्न सकिन्छ । एनसेलको सापटी योजनामा सहभागि हुनका लागि सिस्टमलाई अर्डर दिनुपर्ने हुन्छ । एनसेलको सिस्टमले ग्राहकको मेन ब्यालेन्समा ४० रुपैयाँ सापटी दिन्छ ।
नेपाल टेलिकमको नमस्ते क्रेडिट
नेपाल टेलिकमको सेवामा सहभागी हुन स्टार्ट टाइप गरेर १४७७ (START 1477) मा एसएमएस गर्नुपर्ने हुन्छ । ग्राहकले नेपाल टेलिकम प्रयोग गर्ने आधारमा ५ देखि २० रुपैयाँसम्म क्रेडिट पाउँछन् । क्रेडिटको सीमा जान्नका लागि ग्राहकले स्ट्याटस टाइपगरी १४७७ (STATUS 1477)मा एसएमएस गर्नुपर्छ ।
स्मार्टको इजी लोन
स्मार्टको सेवामा सहभागी हुन् स्टार१२९स्टार४०ह्यास (*129*40#) टाइप गर्नुपर्छ । स्मार्टको सेवामा ग्राहकले ४० रुपैयाँसम्म लोन पाउँछन् ।
कसको सेवा राम्रो
एनसेल र स्मार्टमा लोन सेवा बन्द गर्न सकिने विकल्प हुँदैन । नेपाल टेलिकमका ग्राहकले भने लोन सेवाको उपयोग गर्न नचाहेको खण्डमा बन्द गर्न सकिन्छ । यसका लागि स्टप टाइप गरेर १४७७ (STOP 1477) मा एसएमएस गर्न सकिन्छ ।
नेपाल टेलिकमको क्रेडिट सेवा प्रयोग गर्ने ग्राहकले अतिरिक्त पैसा तिर्नु पर्दैन । तर एससेल र स्मार्टको लोन सेवा बापत ग्राहकले २ रुपैयाँ ५१ पैसा अतिरिक्त शुल्क तिर्नुपर्छ ।
नेपाल टेलिकमका ग्राहकले क्रेडिट स्वरुप प्राप्त गरेको निश्चित रकम रिर्चाजपछि प्राप्त हुने रकमबाट सोही रकम बराबरको नै काटिन्छ भने एनसेल र स्मार्टमा भने अतिरिक्त रकमसहित ४२ रुपैयाँ ५१ पैसा काटिन्छ ।
कसले पाउँछ यस्तो सेवा
एनसेलको सिम सुचारु गरेको एक महिना वा सोभन्दा लामो समयदेखि प्रयोग गरिरहेका ग्राहकले यो सेवा लिन सक्छन् ।
त्यसैगरि नेपाल टेलिकम र स्मार्टका प्रयोगकर्ताले भने तीन महिना वा सोभन्दा लामो समय देखि कम्पनीको सिम चलाई रहेको हुनुपर्छ ।
प्रकाशित: २४ पुष २०७७, शुक्रबार