माछापुच्छ्रे बैंक र गोकर्ण फरेस्ट तथा पार्क भिलेज रिसोर्टबीच सम्झौता

Technology Khabar २३ पुष २०७७, बिहीबार

काठमाडौं ।

माछापुच्छ्रे बैंक र गोकर्ण फरेस्ट र पार्क भिलेज रिसोर्टबीच बैंकका ग्राहकलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

सम्झौता अनुसार बैंकका ग्राहकहरूले गोकर्ण फरेस्ट रिसोर्टको खाना, स्पा र पेय पदार्थमा १० प्रतिशतसम्म छुट पाउनेछन् । त्यसै गरि पार्क भिलेज रिसोर्टको सम्पुर्ण सुविधाहरुमा १० प्रतिशतसम्म छुट पाउनेछन् ।

बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट/क्रेडिट कार्ड तथा क्यूआर प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्ने बताईएको छ।

बैंकले १६० वटा शाखा, १४८ वटा शाखा रहित बैकिङ सेवा तथा ५ शाखारहित बैंकिङ र १९८ वटा एटीएमबाट सेवा प्रदान गरिरहेको छ।

easy care

प्रकाशित: २३ पुष २०७७, बिहीबार