एलजी ‘ग्राम’ ल्यापटपको नयाँ संस्करण सार्वजनिक, ११औं पुस्ताको इन्टेल प्रोसेसरमा आधारित

Technology Khabar २३ पुष २०७७, बिहीबार

एलजी ‘ग्राम’ ल्यापटपको नयाँ संस्करण सार्वजनिक, ११औं पुस्ताको इन्टेल प्रोसेसरमा आधारित

काठमाडौं ।

एलजीले आफ्नो चर्चित ‘ग्राम’ ल्यापटपलाई प्रत्येक वर्ष अपडेट गर्दै आएको छ । एलजीले ५ वटा नयाँ मोडल मोडल सार्वजनिक गरेको छ । जसमध्ये दुई वटा ल्यापटप टु इन वान कन्भर्टिभल छ । यी सबै ल्यापटप पातलो डिजाइन र इन्टेलको ११ जेनेरेसन रकेट लेक प्रोसेसरमा उपलब्ध छ।

ल्यापटममा आईरिस एक्स जीपीयूएस छ । भने १६ः१० रेसियो डिस्प्ले छ । यीमध्येमा सबैभन्दा ठूलो ल्यापटम मोडल १७ इन्चको छ जसमा रहेको आईपीएस प्यानले २५६० वाई १६०० पिक्सेल रिसलुसन प्रदान गर्छ।

सबै ग्राम ल्यापटप ८/१६जीबी एलपीडीडीआर४एक्स र्याम र एनभीएमई एसएसडीएसमा उपलब्ध छ । १७ र १६ इन्चको मोडलमा शक्तिशाली ८० वाटको ब्याट्री छ । जो पूर्ण चार्जमा साढे १९ घण्टासम्म चलाउन सकिन्छ । १४ इन्चको ल्यापटमा ७२ वाटको ब्याट्री छ । सो श्रेणीका ल्यापटप मध्येमा यो सबैभन्दा ठूलो रहेको एलजीको दाबी छ ।

पोर्टमा दुई यूएसबी ४ जेनेरेसन ३वाई२ (यूएसबी पीडी, थन्डरवोल्ट ४), दुई यूएसबी ३.२ जेनेरेसन, १ एचडीएमआई पोर्ट, एउटा माइक्रो एसडी कार्ड रिडर र हेडफोन ज्याक छ ।

टु इन वान मोडल १६ र १४ इन्चमा उपलब्ध छ । यसका फिचर अन्य मोडल समान नै छ । थप फिचरको रुपमा टु इन वान मोडलमा वाकम एईएस २.० (Wacom AES 2.0) स्टाइलस छ । टच स्क्रिन डिस्प्लेको सुरक्षाका लागि गोरिल्ला ग्लास ६ दिइएको छ ।

यसको मूल्य र उपलब्धताको बारेमा कुनै जानकारी छैन् । एजेन्सी

easy care

प्रकाशित: २३ पुष २०७७, बिहीबार

ताजा समाचार