Technology Khabar २३ पुष २०७७, बिहीबार
बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकको पूर्व अनुमति लिएर इन्टरनेट, मोबाइल र एसएमएस बैंकिङको शुल्क लिन पाउने भएका छन्।
नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले बिहिबार बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिँदै शुल्क लिन सक्ने व्यवस्था गरेको हो ।
भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०७७ अनुसार आउँदो माघ १ गतेदखि इन्टरनेट, मोबाइल र एसएमएस बैंकिङमा शुल्क लगाउन सक्ने व्यवस्था गरेको छ ।
यस अघि ग्राहकलाई जानकारी नदिईकन नै बैंक तथा वित्तीय संस्थाहरुले शुल्क असुल गर्दै आएका थिए । अब भने ग्राहकलाई पूर्व जानकारी दिएर मात्र शुल्क दिन पाईने छ ।
प्रकाशित: २३ पुष २०७७, बिहीबार