रेडमी नोट १० प्रो स्न्यापड्रागन ७३२ जी चिपसेट र ५०५० एमएएच ब्याट्रीमा आउने

Technology Khabar २३ पुष २०७७, बिहीबार

रेडमी नोट १० प्रो स्न्यापड्रागन ७३२ जी चिपसेट र ५०५० एमएएच ब्याट्रीमा आउने

काठमाडौं ।

शाओमीको सब-ब्राण्ड रेडमीले नयाँ फोन रेडमी नोट १० सिरिजमा छिट्टै बजारमा ल्याउने भएको छ ।

केहि महिना अघि टेना वेबसाइटमा रेडमी नोट १० फोरजी फोन देखिएको थियो । रेडमी नोट १० सिरिजमा स्न्यापड्रागन ७३२ जी चिपसेट छ । उक्त स्मार्टफोनमा २ गीगाहर्ज अक्टा कोर प्रोसेसर र ८ जीबी र्याम तथा २५६ जीबी स्टोरेज छ । रेडमी नोट १० सिरिजमा शक्तिशाली ५०५० एमएएच ब्याट्री दिइएको छ ।

यो डिभाइसमा ६.५३ इन्च एफएचडी प्लस डिस्प्ले छ । नयाँ स्मार्टफोनको डिजाइन रेडमी नोट ९ फोरजी जस्तै छ । रेडमी नोट ९ फोरजी रेडमी ९टीको सक्सेसरको रुपमा बजारमा ल्याइएको थियो ।

रेडमी नोट १० सिरिजको मोडल नम्बर एम२१०१के६जीले भर्खरै एफसीसीबाट स्विकृति प्राप्त गरेको छ । रिर्पोटका अनुसार रेडमी नोट १० प्रो अपेक्षा विपरित फोरजी कनेक्टिभिटीमा नै उपलब्ध हुनेछ । हालसम्म रेडमीको फाइभजी डिभाइस योजनाको सम्बन्धमा जानकारी बाहिर आएको छैन । एजेन्सी

Global Bank
easy care

प्रकाशित: २३ पुष २०७७, बिहीबार

ताजा समाचार